साेमबार १, श्रवण २०८०

चितवन/ जिन्दगीको ४३ (वि सँ २०३१ देखि २०७४सँम्म) बर्ष शिक्षण पेशामा भन्दा बागवानी कृषक उद्यमीकाे पहिचान बन्दैगर्दा दङ्ग हुनुहुन्छ हरि सर।

दङ्ग हुनुपर्ने कारण जब वहाँकाे फर्ममा नेपाली कृषि उद्यमीहरुकाे अलावा विदेशी विद्यार्थी समेत अध्ययन तथा अनुसन्धान का लागि आउँछन् तब वहाँलाई कृषि उद्यमी मात्रै नभएर अगुवा उद्यमीकाे रुपमा विश्वबजारसम्म आफ्नाे कृति फैलन पुगेकाेमा दँग हुनुहुन्छ हरि सर।

Open photo

हालैमात्र वहाँकाे रत्ननगर १४ पिठुवा स्थित अधिकारी मल्टी एग्राे फर्ममा हङकङबाट केही विद्यार्थी पढ्न र सिक्न आईपुगे ।

जिन्दगीकाे धेरै हिस्सा स्कुल देखि कलेजसम्म पढाएर बिताउनुभएका हरि सर यतिखेर भने कृषि बिज्ञ भन्दा ढुक्क र आत्माविश्वासका साथ आफुले सिकेका र अनुभव गरेका कृषि ज्ञानलाई बैज्ञानिक तथ्य र प्रमाण पुग्ने गरि प्रष्ट्याउनु हुन्छ ।

हङकङबाट ड्रागन फ्रुटकाे खेतीका विषयमा अध्ययन गर्न आएका हङकङगे विद्यार्थीलाई हरि सरले तथ्यमा टेकेर ड्रागन खेती काे बारेमा सुनाएका र सिकाएका ज्ञानकाे बारेमा प्रशिक्षित गराउने अवसर मिलेको मा आफुहरुलाई थप उर्जा मिलेकाे अघिकारी सरले बताईरहदा अर्गानिक खेतीकाे पद्धतिको बारेमा थप ज्ञान प्राप्त गरेकाे मा हरि सरलाई धन्यवाद भन्नचाहेकाे हङकङ विद्यार्थी का टाेली नेताले भने ।

Open photo

याे ड्रागन फ्रुट कस्तो खेती हाे र कसरी खेती गर्न सम्भवछ भन्ने श्रीखबर सञ्चारकाे जिग्यासामा हरि सर भन्नुहुन्छ – ड्रागन सिउँडी प्रजातिकाे काँडादार बिरुवा हाे । मेक्सिकाेबाट विकसित भएकाे याे विरुवाकाे खेती हाल विश्वका थुप्रै मुलुकमा हुनथालेकाे छ ।

कम वर्षात हुने भुगाल देखि तीन हजार मिलि मिटर वर्षा हुने स्थानसम्म हल्का दाेमटिलाे माटाेमा ड्रागन खेती हुनसक्ने हरिसर बताउनुहुन्छ । याे खेती काे सफलताकाे मुख्य कडी भनेकै उपयुक्त जातकाे बिरुवा छनाैट हाे भने उचित समयमा मल बीउ र हेरचाह नै हुने वहाँ बुझाई रहेकाे छ ।

रसायनिक मलकाे प्रयाेगमा भन्दा अर्गानिक प्राङ्गारिक तरिकाबाट बनेकाे मलखादकाे प्रयाेगबाट खेती गर्दा सफल हुन सहजहुने र माटाेलाई बचाईराख्न सकिने हरि सरकाे बुझाई रहेकाे छ । विरुवाकाे छनाैट,माटाे र प्लट व्यवस्थापन ,मलखादकाे उचित व्यवस्था र खेती लगाउनका लागि पाेल र दुरीकाे व्यवस्थापन नै मुख्य ज्ञानकाे आवस्यकताकाे विषय रहेकाे अधिकारी एग्राे का सन्चालक हरि अधिकारीकाे बुझाई रहेकाे पाईन्छ ।

वहाँ भन्नुहुन्छ मल बनाउन एस्ट डिकम्पाेजर काे ज्ञान का साथै बिरुवा लगाउँदा पाेल काे दुरु १० फिट र बिरुवा बाट विरुवाकाे दुरी ७ फिटमा लगाउन सुझाउँदै हरि सर भन्नुहुन्छ ” ड्रागन खेतीबाट आम्दानीका लागि प्रशस्त सम्भावना भने रहेकाे देखिन्छ ।

Open photo

ड्रागन खेतीकाे अलावा सुन कागती , सितल चिनी( माेरिङ्गा) का साथै भूँईकटर खेती गर्दै आउनुभएका हरि अधिकारीकाे जाेश र व्यवसायीक खेती प्रतिकाे हाेस् हेर्दा साच्चै नै एक कुशल प्रशिक्षक र सफल बागवानी व्यबसायीमा दर्ज हुनसक्ने प्रतिभा भएकाे व्यक्तिको रुपमा पाएकाे स्थानीयबासीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0