२०८१ बैशाख ९ आइतबार

चितवन । बागमती प्रदेशका आर्थिक तथा भाैतिक याेजना मन्त्री जगन्नाथ थपलियाले बैक तथा वित्तीय सँस्था भने सँधै नाफा भैरहेकाे देखाउँदा किन उसैसँग काराेवार गर्ने उद्योग व्यवसायी भने दिनानुदिन घाटामा छन् – यसकाे खाेजी हुनुपर्ने बताएका छन् ।

भरतपुर स्थित प्रदर्शनी केन्द्रमा आयाेजित अैाद्याेगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला -२०८१ काे उद्घाटन सभामा विशिष्ट अतिथिको रुपमा मन्तव्यकाे क्रममा साे बताएका हुन् ।

विभिन्न कारणले बन्दभएका उद्योग कलकारखानाहरु सञ्चालन गर्न के गर्नुपर्दछ भन्ने विषयमा राज्य र लगानी कर्ताकााे बीच खुल्ला छलफल गरि याेजना बनाउनुपर्नेमा जाेडदिदै मन्त्री थपलियाले भने `अहिले पनि देश वार्षिक २ खर्व भन्दा बढि घाटामा चलेकाे छ भने देश छाेडेर विदेशीकाे सँख्या हेर्ने हाे भने देशै युवा विहिन भैसक्याे भन्ने भान हुन्छ ।

प्रदर्शनीमा स्टार्टअप सेमिनार र नेपालकाे बर्तमान अैाद्योगिक नीति सम्बन्धि छलफल हुने आयाेजकले जनाएको छ। प्रदर्शनी अन्तर्गत कम्यूटर एसाेसिएसन नेपाल महासँघ , चितवनको सहकार्यमा चितवनकाे सम्बृद्धि सूचना प्रबिधि ´ भन्ने मूल उद्धेश्य राखी छैटाै Techminds Network CAN info – Tech Chitwan 2081 ´काे आयाेजना गरिएको क्यान महासँघका केन्द्रीय सदस्य भानु शर्माले जानकारी दिए ।

प्रदर्शनीमा विभिन्न कम्पनीका सेवा प्रदायकहरुले प्रदर्शनीमा शून्य व्याजदर तथा किस्ताबन्दीमा खरीद विक्री सुबिधा उपलब्ध भैरहेकाे तथा नि:शुल्क मर्मत कार्य भैरहेकाे आयाेजकले जनाएको छ ।

प्रदर्शनीकाे उद्धाटन भने शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् । प्रदर्शनी ११ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0