मँङ्मलवार २, साउन २०८०

बचतकर्ताकाे करिव १० अर्ब ठगी गरेकाे भन्दै शिव शिखर बहुउद्देश्यीय सहकारीको विरुद्धमा चितवनका १२ हजार बढि बचतकर्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा सँस्था र सन्चालक बिरुद्ध ठगी मुद्दा दर्ता गराईसकेका छन् भने देशैभरिका लाखौं बचतकर्ताहरु सहकारी पिडित भएका खबरहरु प्रसारित भैरहेका बेला १० हजार भन्दा बढि शेयर सदस्य भएकाे भरतपुरकाे ११ नम्बर वडा स्थित दिपज्याेति चाेकमा अवस्थित चित्रवन बचत तथा सहकारीका अध्यक्ष तेजेन्द्रबहादुर खड्का यस्ताे हुनुमा सहकारीले आफ्ना शेयर सदस्यसँग मात्र आर्थिक काराेवार गर्नुपर्नेमा बचतकर्तासँग काराेवार हुनु मुख्य कारण भएकाे बताउँनुहुन्छ ।

Open photo

वहाँ भन्नुहुन्छ – बचतकर्तालाई केवल नाफा र फाईदासँग मात्र सराेकार हुनेहुनाले सँस्थाकाे बारेमा भन्दा आफ्नो आफ्नो बचतले कति व्याज कमाउँछ भन्नेमात्रै चासाे हुन्छ । आफ्नो बचत सँस्थाले के मा प्रयाेग गर्दैछ , सँस्थाकाे सँचालक काे काे हुन् , लगानी कहाँ गर्दैछन् भन्ने मतलव नभएपछि बचत रकम डुव्नथाल्नु कुनै आश्चर्य नै भएन ।

 

सहकारी डुब्नुकाे अर्काे मुख्य कारण भनेकाे सहकारीका सन्चालक आफुलाइ मालिक र शेयर सदस्यलाई ग्राहक जस्तो नजरले हेर्नू पनि हाे । आज बेस्सरी चलेकाे छ भन्दैमा पछिसम्म चलाउने दृष्टिकोण नभएका सहकारी एकदिन अवस्य डुब्ने सम्भावना हुने अध्यक्ष खड्का बताउनुहुन्छ।मुख्यकुरा सहकारीमा बचत गरिएको रकम सहकारीकाे निजि सम्पत्ति हाे भन्ने सरहले बुझ्नु नै गलत प्राक्टिस भएकाेले सँचालकहरुकाे नगद रहेकाे तरलता तिर ध्यानजाने र अनावश्यक लगानीमा खर्च गर्न आकर्षित हुनु सहकारीमा सँकट आऊने अर्काे कारण उहाँ बताउनुहुन्छ।

No description available.

खड्का भन्नुहुन्छ – सहकारीमा जम्मा भएकाे रकम सँस्थाकाे दायित्व हाे , बचत गर्नुहुने शेयर धनीकाे सम्पत्ति हाे उनीहरुले मागेका समयमा बिना शर्त रकम फिर्ता गर्नुपर्दछ भन्ने तैयारी सहितकाे चेत सँस्था सँचालकसँग भैरहनसकेन भनेपनि सँस्थामा सँकट निम्तिनसक्ने प्रति सचेत रहन अनुराेध गर्दै भन्नुहुन्छ –  सबै सहकारीसाथीहरुलाई यति भन्ने हैसियत राखाै कि आफुले जानेकाे नै पद्धति नहुने हुनाले सबै सहकारी सहकर्मी मीत्रहरुमा स्थापित मुल्यमान्यता र सिद्धान्त द्वारा निर्देशित भएर मात्रै सँस्था सन्चालन गराैँ ।  जतिसुकै हाईप्राेफाईलकाे धक्कु लागेपनि कमजोरी फेलापर्नासाथ कुनैपनि जनताले छाेड्नेवाला छैनन् ,किनभने जनता सचेत भैसकेका छन्। आफू सहित सबैतिर फर्केर भन्दैछु खड्काले भन्नुभयो ।

Open photo

चित्रवन बचत तथा ऋण सहकारी दिपज्याेति सहित पाँच भन्दा बढि सँस्था मर्जभएर निर्माण भएकाे हाे जहँ १० हजार भन्दाबढी शेयर सदस्यहरु सहभागी रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0