वडा  नं – ७ को वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत यही  फाल्गुन १५ गते देखि  अन्तर टोल  भेट्रन फुटबल तथा महिलाहरुको दाैड, कुर्सीचाल, गुच्छा दाैड जस्ता खेल संचालन गरेको थियो।

प्रतियोगिताको फाईनलमा मर्स्याङदी टोल विकास संस्था र शिव टोल विकास संस्था बिच प्रतिस्पर्धा   भएकोमा निर्धारित समयमा कुनै गोल हुन नसकेपछी खेल ट्राईवेकरमा पुगेको थियो ।

वडा नं -७ का वडावासिको बाक्लो उपस्थिति रहेको उक्त खेलको ट्राईवेकरमा २-१ गोल ले मर्स्याङदी टोल विकास संस्थालाई पराजित गर्दै  शिव टोल ले उपाधि उचालेको हो। खेलकुद समापन कार्यक्रममा  वडा अध्यक्ष राजेन्द्र मणि काफ्लेले बिजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई सिल्ड , मेडल तथा प्रमाणपत्रले सम्मान गरेका थिए । सहभागी टिम हरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0