२०८१ बैशाख १९, बुधबार
“श्रम गर्ने श्रमजीवी भोकै मर्नु पर्ने,
ठगठाग गर्ने कामचोरहरु सधैं भुँडी भर्ने।”
हाम्रो देशमा एउटा कामदरको सामन्य जीवन यापन गर्न पुग्ने पारिश्रमिक कहिले पुग्ने ? दिनभरी काम गरेर  राति भोकै सुत्नु पर्ने परिस्थितिकाे अन्त्य कहिले हुने ? बिश्वका अन्य बिकसित मुलुकमा जस्तै यहाँ हाकिम र तल्लो स्तरको कर्मचारीले एउटै टेबलमा बसेर खाने बातवरण कहिले बन्ने ? सिपको आधरमा पदको फरक हुन्छ र हुनु पर्छ तर पारिश्रमिकको आधरमा तलबमान सय र लाख किन हुने ?
बिदेशमा मनिसहरु काम गरेरै वा ब्यापार गरेर धनी भएका छन। तर यहाँ केहिलाइ छोडेर अधिकान्स इमानदारी रुपमा काम र व्यापार गर्नेहरु गरिब छन। त्यसो भए धनी छन को त ? जसले भ्रष्टाचार गरेको छ, नक्कली सेवा वा बस्तुहरुको ब्यपार गरेको छ वा त्यहाका जनताहरुको कमजोरिको जरो पत्ता लगाएर फाइदा उठाएको छ वा कुनै संस्थाको मालिक भनाउदो जसले श्रम शाेषण गरेको छ, ती सबै धनी छन।
किन यस्तो हुन्छ ?
जब राज्यको शासन प्रणाली कमजोर हुन्छ त्यति बेला माथि भनिए जस्ता देसका जुकाहरु सल्बलाउछन र देश र जनताको कमजोरिको फाइदा उठाउछन। जस्तै रु१०० को सामनलाइ रु १००० मा बेच्ने, जागिर व अन्य प्रलोभनमा पारेर मानव बेचबिखन गर्ने, नक्कली नोट तथा किर्ते कागजातको कारोबार गर्ने, खाद्य पदर्थमा अखाद्य पदार्थ मिसावट गर्ने, चोरी, हत्या, हिंसा र बलात्कार गर्ने, कसैको उठिबास गराउने यस्तै यस्तै। यति बेला सहि कुरा गलत र गलत कुरा सहि हो भन्ने समाजमा भ्रम फैलाइन्छ। मानिसहरु धनी हुनकै लागि राजनिती गर्ने, शक्ति र सत्ताको दुरुपयोग गर्नाले समाज र राष्ट्र भ्रस्ट हुन्छ ।
बुझ्नु पर्ने कुरा के छ ?
अहिलेको २१ औं सताब्दिको सचेत नागरिकको हैसियतले बुझ्नु पर्ने कुरा केहो भने हाम्रो  देशमा जागिर गरेर र आन्तरिक व्यापार गरेर केही अपवादलाइ छोडेर कोहि २/४ बर्षमा धनी हुनै सक्दैन। यदि कसैको उल्लेख्य आर्थिक उन्नती देखिन्छ भने यदि उ सरकारी कर्मचारी हो भने उसले भ्रष्टाचार गरेको हुनुपर्छ र यदि उ ब्यापारी हो भने उस्ले केही न केही दुई नम्बरी गरेको हुन पर्छ। मैले यसो भन्दै गर्दा यदि कसैले अन्तरास्ट्रिय ब्यापार वा चेन उद्धम गरेको छ वा वैदेशिक रोजगारमा सम्मिलित छ वा पैतृक जमिन्दार हो भने उल्लेख्य आर्थिक प्रगती पनि होला।
हिजो कसैको ३ तल्ला घर र गाडि घोडा देख्दा साहुजी, सहुबा वा धनाढ्यको घर भनेर श्रद्धाले सिर निहुरिन्थ्यो तर आज सोच अलिक फरक भएको छ। आज सुरुमै उसको यत्तिका पैसा कहाबाट आयो ? यदि सरकारि कर्मचारीको केसमा त उसलाइ अघोसित भ्रस्टचारि नै बुझिन्छ। मैले ठोकुवा गरेरै भन्न सक्छु एउटा अधिकृतको तलबले उसले खएर, लाएर, परिवार पालेर, छोरा छोरी पढाएर, औषधि उपचार गरेर बचत गरेको शुद्ध तलबको पैसाले उसको कार्यकालमा घर र गाडी किन्नै सक्दैन। फेरि नेपालमा बिदेशमाको जस्तो सजिलो स्किम पनि त छैन। एउटा पुस्ताले दिनरात खटेर काम नगरी घर, समाज र राष्ट्र बन्दैन।
त्यसो भए अब के गर्ने ?
हाम्रो पारिश्रमिक धेरै कम छ। एक जना ब्यक्तिले दिनभरी काम गरेपछी उसलाइ खान मन लागेको कुरा (मदिरा चुरोट जस्ता कुराहरु छोडेर) खान पुग्न पर्छ, घर भाडा, यातयात खर्च, औषधि उपचार खर्च, परिवारिक लालन पालन (आफ्नो श्रीमति वा श्रीमान छोरा- छोरी र आफ्ना बुवा आमा) खर्च, शैक्षिक खर्च, मनोरन्जन खर्च सबै सबै कटाएर केही रकम बैंकमा बचत हुन पर्छ जुन पैसाले घर र गाडी किन्न सकिन्छ। यो परिप्रेक्ष्यमा कि श्रम मुल्य बढ्न पर्यो कि बजार महँगि घट्न पर्यो। यो कुराको सन्तुलन सरकारी पक्षबाट हुन पर्छ।
दोश्रो कुरा विभिन्न क्षेत्रहरुमा काम गर्नु हुने कर्मचारीहरु तथा कामदारको पारिश्रमिक उचित छ छैन अनुगमन हुन पर्यो। यसका लागि सरकारी पक्षबाटै कसको पारिश्रमिक कति हुने भनेर तोकिनु पर्यो। जस्तैकी ८ घन्टा मकै गोड्नेको कम्तिमा कति हुनु पर्ने ?
तेस्रो कुरा बजारमा बेच्न रखिएका कुरा गुणस्तरीय छन वा छैनन अनुगमन चेक जाच हुनु आबस्यक छ। मूल्य ठिक छ छैन अनुगमन हुनु आबस्यक छ। उदाहरणका लागि एउटा रु ५०० पर्ने लुगा छ त्यहा स्पस्ट मूल्य हुदैन के के कोड रखिन्छ जस्तै TTKK अनि त्यो लुगाको मूल्य मान्छे हेरेर गरिन्छ। एउटा किसान बर्षा भरी खेत जोतेर त्यही लुगा किन्न आइपुग्छ उसलाइ रु २००० मा बेचिन्छ र दिन दहाडै लुटिन्छ।
अनुगमन सरकार पक्षबाट हुनु पर्छ।
यहाँ होटेल होटेलमा घर घरमा बर्षौ देखि बाल श्रम शोषण वा बयस्कको हकमा पनि नि: शुल्क काम गरेको वा न्यून पारिश्रमिक लिएर काम गरेका लाखौ हज्जारौं उदाहरणहरु छन। ती श्रमिकहरु निरीह छन तिनलाइ धम्की छ र बोल्न समेत सक्दैनन।
अझै महिलाहरुको अबस्था झन दयनिय छ स्वदेस देखि बिदेस सम्म। बिचरा तिनको श्रमको कुरा के गर्नु? यसका लागि राज्य बलियो र एउटा सिस्टममा हिडेको हुन पर्छ। सुनिन्छ अनगिन्ती समचारहरु एउटा नेपालि चेलिलाइ साउदी अरबमा तलब  दिइन्न रे, खान दिइन्न रे अनि शारीरिक शाेषणमा समेत पर्नसक्छन्  रे………….यो राज्यलाई नै हेपिएको होइन र? त्यहा काम गर्ने अमेरिकि महिलाहरु पनि छन, अमेरिकि महिलालाइ यस्तो गर्यो भन्ने त सुनिएको छैन। यो कुरा राज्य बाट सुनिस्चित गरिनु पर्छ।
चौथो कुरा  श्रमको आदर गर्नु पर्छ। सबै खलका ब्यक्ति र काम आफ्नो ठाउमा ठुला छन ।समाज र राष्ट्र्मा एउटा डाक्टरको जति महत्व छ एउट रिक्सा चालक वा ड्राइभरको पनि उत्तिकै महत्त्व छ। हामि त्यहानिर चुकेउ जहा हामिले सनो काम गर्ने भन्नेलाइ बेवास्ता गर्यौ र सुकिला मुकिला तथा भ्रस्टचार तथा गुन्डाराजलाइ बढी नै महत्व दियौं। हामी सन्सारमा यहि गल्ती गरेकै कारणले पछाडी पर्यौ र अझै पनि त्यही गल्ति गर्दैछौं ।
पाँचौ कुरा यो सन्सार चलायमान अबस्थामा राखेकै सन्सारका श्रमिकहरुहरुले रहेछ भन्ने कुरा बुझ्नु आबस्यक छ।
श्रमिकहरुले पनि विषम परिस्थितिकोलागि समयमानै जोहो गर्नु पर्ने अपरिहार्य पनि देखियो।
कम्तिमा १० बर्ष अनबरत कार्य गर्न पाइयोस जसले गर्दा श्रमिक, राष्ट्र र युगले युगान्तकारी परिबर्तनको महसुस गरोस। भाषण गर्ने कार्य र देखाउनका लागि फोटा खिच्ने कार्य कम होस।
अन्तमा, श्रमिकहरुको उच्च मुल्यांकनका लागि राष्ट्रले उचित वातवरण मिलाओस। जिउ धनको रक्षा होस। काम गर्ने मान्छेको धनी बन्ने सपना पूरा होस। सम्पुर्ण क्षेत्रहरूमा उचित पारिश्रमिकको ब्यबस्था होस। निरन्तर बजार अनुगमन होस। भ्रष्टाचार निवारण होस, राष्ट्र सेवकहरु लालचमा नफसुन। म यो राष्ट्रको नागरिक हु, मेरो लागि राष्ट्र छ र मैले पनि राष्ट्रलाई केहि दिनु पर्छ भन्ने आभास होस। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमजीवीका श्रमप्रति हार्दिक सम्मान ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0