२०८१ वैशाख ६, बिहीबार

चितवन । चितवनमा भाेलिबाट शुरु हुने अैाद्याेगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुहुने भएकाे छ ।

चितवन उद्याेग सँघ र कम्प्युटर एसाेशिएसन नेपाल महासँघ, चितवन द्वारा आयाेजना हुनलागेकाे साे मेला भरतपुर स्थित प्रदर्शनी केन्द्रमा गरिएको छ । मेला भाेलि देखि ११ गतेसम्म सञ्चालन हुने छ ।

२५ हजार बढीले अवलोकन गर्ने अपेक्षा राखिएको साे मेलाबाटस्वदेशी उत्पादनको बजारीकरण, प्रविधि हस्तान्तरण, उद्यमशिलता विकासका लागि मेलाले सहयोग पु¥याउने विश्वास लिइएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लक्षित मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुँदैछ । प्रदर्शनीमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायतबाट स्टलको सहभागिता रहनेछ ।

स्वदेशी तथा विदेशी गरी २५ हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब १५० स्टलहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0