२०८१ बैशाख १३, बिहीबार

रामलाल कुमाल

चितवन। कालिका नगरपालिकाले महिलाका लागि निः शुल्क ड्राइभिङ तालिम सञ्चालन गरेको छ ।

महिलाहरुमा शीपका माध्यमबाट स्वराेजगरी प्रवर्द्धन गर्ने लक्षितका साथ हलुका सवारी साधन चालक १५ दिने तालिम सञ्चालन गरेको हो ।

नगर प्रमुख विनोद रेग्मी , उप प्रमुख बिमला लमाङ, प्रमुख प्रशाशकीय अधिकृत चुडामणी शर्मा गौतमकाे उपस्थितिमा तालिम उद्घाटन गरिएको थियाे । तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख रेग्मीले याे शीपले महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने बताउँदै शीकाइमा ध्यानदिन अनुराेध गर्नुभएको भयो ।

` शीप भएका मानिसहरु बेरोजगार बन्न पर्दैन , स्वदेश विदेश सबै तिर काम लाग्ने ठानेरै ड्राइभिङ तालिमको अबधारणा ल्याइएकाे हाे ´ प्रमुख रेग्मीले बताउनु भएको थियाे भने उप प्रमुख विमला तामाङले तालिम मार्फत ७० जना महिला र तिनका परिवारलाई प्रत्यक्ष रुपले लाभ पुग्ने बताउनु भयो । यस्ता कार्यक्रमलाई निरंतरता दिने समेत उहाँकाे बचनद्धता समेत रहेकाे छ ।

कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत चुडामणी शर्मा गौतम, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल, महिला विकाश निरिक्षक सविना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कालिका नगर पालिका र आरती मोटर ड्राइभिङ इन्स्टिच्युट सँगको प्राविधिक सहकार्यमा सुरु भएको तालिम १५ दिनसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0