२०८० माघ २५, बिहिवार

आशिश आचार्य

काठमाडौं । विश्वमा विकसित नयाँ प्रविधिकलाई प्रदर्शनीका माध्यमबाट बजारसम्म पुर्याउन र यस क्षेत्रमा आउन चाह भएका प्रतिभाहरुलाई एकै स्थानमा राखेर छलफल गर्न सहयाेग पुर्याउने मूल उद्देश्यका साथ भृकुटीमण्डपमा क्यान इन्फाेटेक मेला शुरु भएकाे छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको क्यान मेलामा क्यानका सदस्य सँस्थाका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिक सम्बन्धि कम्पनीहरुकाे सहभागिता रहेको छ। इन्फाेटेक मेलाकाे उद्घाटन गर्दै मन्त्री शर्माले प्रविधिकाे प्रयाेग र आविष्कारलाई उच्च प्राथमिकता दिने निर्णय सहित सरकारले कक्षा १ देखि नै पाठ्यक्रममा प्रविधिकाे बारेमा समावेश गराउने छलफल भैरहेकाे बताउनुभयो ।

क्यान मेलामा नेपालमै विकास गरिएका एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी विभिन्न उत्पादनकाे प्रदर्शनी भएको क्यान महासँघका महासचिव चिरञ्जीवी अघिकारीले जानकारी दिनुभयाे । त्यस्तै शिक्षा , स्वास्थ्य ,कृषि तथा पर्यटनका क्षेत्रसँग सम्बन्धित सामाग्रीका साथै नेपालमै निर्मित ‘ कान्छी राेवाेट ‘ र ‘कता हाे ‘ डिजिटल ठेगाना प्रणालीकाे नेपालमै पहिलाेपटक यहि मेलाबाट नै शुरुवात गरिएको क्यान महासँघका अध्यक्ष रणदौत पाेदारले बताउभयाे ।

मेलाकाे मेलाकाे माध्यमबाट नवीनतम प्रविधिलाई स्थानीय उपभोक्तासम्म पुर्याउन महत्त्वपूर्ण टेवापुग्ने आयोजककाे विश्वास रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0