२०८० चैत्र २७,मँङ्गलबार

चितवन। भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो र कराते प्रतियोगिता सम्पन्न भएकाे छ ।

Banner

अैाद्याेगिक प्रदर्शनीमा आज तेक्वान्दो र कराते खेल सकिएका छन् । कराते खेलका काता र कुमुते विधा अन्तर्गत ९ स्वर्ण र ४ काश्य पदकसहित बागमती प्रदेशले १६ पदकमा जीत हातपार्दै बागमती प्रदेश प्रथम भएकाे छ भने ३ रजत र २ काश्य सहित कुल ९ पदक जितेर लुम्बिनी प्रदेश द्वितीय भएका छन् । सुदूरपस्चिमले भने १० पदक सहित तेश्राे भएकाे छ ।उसले २ रजत र ५ काश्य हात पारेकाे छ । काेशी प्रदेशकाे कुल १३ , कर्णालीले ६ र गण्डकीले कुल ६ पदक जितेकाे छ । मधेस प्रदेशले भने १ रजत र ७ काश्य पदकसहित ८ पद जितेकाे छ ।

विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं करातेका अध्यक्ष युवराज लामा, बागमतीका सांसद इश्वर सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

बक्सिङतर्फ विभिन्न तौल समूहका क्वाटरफाइनल तथा सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । यस्तै चित्रवन रंगशालामा एथलेटिक्सका खेलहरु सम्पन्न भएका छन् । पुरुष तथा महिला भलिबल भरतपुर–१०, स्थित गेष्टहाउस चौर जारी छ । ब्याडमिन्टन भरतपुर कवर्डहलमा भइरहेका छन् । ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी प्रदेश प्रथम भएको छ भने बागमती दोस्रो, कर्णाली र लुम्बिनी प्रदेश तेस्रो स्थान हासिल गरेका छन् ।

त्यस्तै महिला टिम इभेन्ट तर्फ पनि कोशी प्रदेश नै प्रथम भएको छ कर्णाली प्रदेश दोस्रो, गण्डकी र बागमती प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । अन्य इभेन्टका फाइनल खेलहरु भोलि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0