२०८१ बैशाख १८, मँगलबार

चितवन । नेकपा एमाले चितवनले कम्युनिस्ट पार्टीको हिरक वर्षकाे अवसर पारेर आफ्ना अग्रजहरुलाई सम्मान गर्ने भएकाे छ ।

`पार्टी स्थापनाकाे हिरक वर्षकाे अवसरमा चितवन भूगोलमा रहि भुमिगत कालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनलाई स्थापित गराउँदै पार्टीकाे कदमलाई उचाईमा पुर्याउनका लागि सँकटकाे घडीमा वैचारिक एवं राजनैनिक रुपले प्रतिबद्ध रहि विभिन्न कालखण्ड र आन्दोलनमा समाज रुपान्तरण र पार्टी हितमा महत्त्वपूर्ण याेगदान गर्नुभएका अग्रजहरुकाे वहाँहरुकाे जिवनगाथाकाे समेत उच्च मुल्यांकन गर्दै एमाले चितवनका ११अैाँ जिल्ला अधिवेशनकाे अवसरमा सम्मान गर्ने निर्णय गरिएकाे छ ।´अध्यक्ष रामप्रसाद न्याैपानेले भने ।

सम्मान उपसमितिका सँयाेजक समेत पार्टी उप सचिव चन्द्रकान्त न्याैपानेकाे सँयाेजकत्वमा बसेकाे बैठकले साे निर्णय गरेकाे कार्यालय सचिव श्याम बिष्टले जानकारी दिए ।

अधिवेशनमा भूमिगतकालीन अवस्थामा भूमिगत रहेका नेता, उनीहरुलाई आश्रय दिने सेल्टरदाता लगायतलाई सम्मान गरिने न्यौपानेले जानकारी दिए ।

नेकपा एमालेले प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ । चितवनको अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।

अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति लगायतका उपसमिति बनाइएको छ ।

यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0