दुर्लव पाेख्रेल

चितवन । १ मे – मइ दिवस अर्थात `श्रमिक दिवस´ । आज यस दिनलाई अधिकांस देशहरुले आधिकारिक रुपमा श्रमिक दिवस का रुपमा मनाउनेगरेका छन् । आज सार्वजनिक बिदा दिने गरिन्छ ।

अझ श्रमिक संगठन हरु ले त यस दिन लाई पर्वका रुपमा मनाउँदै आएका छन । तर यस दिनलाई नै श्रमिक दिवसका रुपमा किन र कहिलेबाट मनाउन थालियो भन्ने विषयले इतिहासकाे गाैरवपूर्ण गाथाकाे स्मरण गराउँछ।

4श्रमिकको रगत पसिनाको होली खेलेर महारथ हासिल गरेका युरोप अमेरिकाका देशहरुमा श्रमिकहरुलाई मानव समेत मानिदैनथो । मान्छे नै नमानिने त्यो समाज मा अधिकारको त कुरै भएन।

औधोगिक क्रान्ति को पहिलो चरण (१७६०-१८७०) भन्दा अगाडी श्रमिकहरु सामन्तहरुकोमा दासको रुपमा राखिन्थो । जब युरोप अमेरिकामा औधोगिक क्रान्ति को पहिलो चरण सुरुभयो सयाै मजदुरहरु एउटै कम्पनीभित्र कामगर्ने अवस्थाको सुरु भयो। त्यतीबेला श्रमिकको न्युनतम कामगर्ने समय नै १५ घन्टा मानिन्थ्यो श्रमिकको शारीरिक र मानसिक चरम शोषण गरिन्थो ।

श्रमिक को न्युनतम आवस्यकता पुरा गर्नसक्ने ज्याला , उचित बिदा, न्यायपुर्ण श्रमको व्यवस्था थिएन। । यो चरम शोषणले मजदुरलाई संगठितहुने अवसरकाे सृजना गर्याे । फल स्वरुप विभिन्न देशहरूमा विभिन्न श्रमिक संगठनहरु स्थपना भए। तिनै संगठित श्रमिकहरुले ८ घन्टा काम ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम को एक दिने कार्यबिभाजन सहित ,समानता , उपयुक्त श्रमज्याला , उचित बिदा सुबिदा , न्यायपुर्ण श्रम वातावरणकोलागि एकिकृतहुने उद्घघाेष गर्दै विभिन्न ठाउँमा हडताल आन्दोलन सुरु गरे ।

अमेरिकाको सिकागो मा उक्त मागसहित १ मे १८८६ मा भयको प्रदर्शन मा सरकारले गोली चलायो । थुप्राै प्रदर्शनकारी श्रमिकहरुले ज्यान गुमाउन पर्यो । उक्त दमनवाट प्रद्रशनरकारी श्रमिकहरु उत्तेजित हुन थाले र प्रदर्शनलाई निरन्तरता दिन थाले । त्यही प्रदर्शनको क्रममा ४ मे १८८६ मा भएको प्रदर्शन मा बम बिस्फोट हुदा ४ जना प्रहरी सहित ७ जनाको मृत्यु भयो । त्यो बिस्फोट प्रदर्शनकारी को तर्फबाट भयको भनिएपनी प्रदर्शनलाई हिंसात्मक बनाउन भिजिलान्ते को प्रयोग भयको मानिन्छ । उक्त घटनापछी ८ जना निर्दोष श्रमिकलाई दोषी को रुपमा पक्राउगरि फासी दिइयो । उक्त आन्दोलन को ३ वर्ष पछाडी १८८९ मा फ्रान्स को पेरिसमा भयको विश्वका श्रम संगठन एबं श्रमिक नेताहरुको बैठकले १८८६ मा प्रदर्शन सुरुभएको मे १ तारिक लाई श्रमिकहरु एकिक्रितहुने घोषणा गरेको दिनको रुपमा मान्दै मे १ तारिकलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने घोषण गर्यो । त्यसको अनुसरण गर्दै उक्त दिनलाई नै श्रमिक दिवसको रुपमा विश्वभर मनाउन थालीयो ।

आज ८० भन्दा बढी देशहरुले आधिकारिक रुपमा श्रमिकदिवस मनाउदै सार्बजनिक बिदा दिदै आएका छन् ।

नेपालमा भने २००७ सालमा भएको बिराटनगर मजदुर आन्दोलन सगै अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको भएपनी २०४६ सालको राजनितिक परीवर्तन पछी सार्वजनिक बिदा दिन थालिएको को। यसरी दिईएको बिदाले मजदुर आन्दोलनलाई भुल्न त दिएको छैन तर यसले मजदुरको जिवनमाभने एकदिन बिदा पाउने बाहेक खासै अर्थ राख्न सकेको छैन ।

नेपालको परिवेशलाई हेर्ने हो भने हिजो र आजका यो देशका थुप्रै नेता मजदुर आन्दोलनबाट स्थापित भए। नेता हुँदै मन्त्री, प्रधानमन्त्री बनेका उनीहरु आफ्नो जिवनस्तरमा आएको परिवर्तनसगै मजदुरलाई हेर्ने दृस्ठिकोणमा नै परिवर्तन ल्याउन थाले ।

मजदुर आन्दोलन त उनीहरुका लागी माथिचड्ने भर्याङ्ग मात्र भन्न पुगेको छ। हिजो मजदुरको बिचमा चर्को भाषणगर्दै कुम ठोक्नेहरु त्यही मजदुर सामान्य रोजी रोटीको लागि बैदेशिक रोजगारीमा जान्छु भन्दा गोली ठोक्ने तहमा पुगेको छ।

पुजिबादको बिकास सगै सामन्तवादले मजदुरको परिभाषामै परिवर्तन ल्याईदिएको छ। हिजो सिक्रिले बाधेर पानिजहाजमा लाधेर लैजाने मजदुरहरु आज जहाजमा उडाएरलगेको छ ।

आजको सामन्तवाद हिजोको भन्दा निकै चलाख हुँदै गएको छ। हिजो कमसेकम उसले लडेर जितेर सिक्रीले बाधेर मजदुर प्रयोगगर्नुपर्नेपरिस्थिति थियो । आजत उसले एउटा किसानले एउटा घासको हरियो डाली लिएर गाई वस्तुलाई आफुतिर आकर्षित गरेजस्तो एउटा हरियो पत्ताले आफुतिर आकर्षित गरेको छ।

स्थानिय मजदुरहरू मात्र प्रयोगगर्दा मजदुरहरु संगठित हुने, अधिकारको माग गर्दै आन्दोलितहुने खतरालाई महसुसगरी मजदुरको अन्तराष्टिय बजारीकरण गरेको छ।

आज देशहरुलाई मजदुर बेचेर रेमिटान्स मा रमाउने बनाएको छ। हिजो सिक्री ले बाध्ने मजदुरहरुलाई आज को सामन्तवाद ले परिवन्धले बाधी दिएको छ। हैन भने कोरीया, जापान,बेलायत, जस्ता बिकसित भनिएका देश जाहा मजदुरको खपत अत्याधिक छ त्याही आत्महत्याको दर उच्च किन रहे होला त? तसर्थ अब मजदुर संगठन हरुले मजदुर दिवसको एकदिने बिदामा रमाउने भन्दा मजदुर आन्दोलनलाई फरक ढङ्गले विश्लेषण गर्दै अन्तराष्ट्रिय मजदुरको अवस्थामा ध्यानदिन जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0