२०८१ बैशाख १६, आइतबार

रत्ननगर , चितवन । शनिवार सम्पन्न नेकपा एमाले रत्ननगर -१४ काे वडा अधिवेशनले नवराज घिमिरेकाे अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचन गरेकाे छ ।

प्रदेश कमिटीका सदस्य नारायण बन, रेग्मी , मुकुन्द दाहाल , जिल्ला कमिटी उपसचिव चन्द्रकान्त न्याेपाने रत्ननगर नगर कमिटी अध्यक्ष इश्वरी अर्याल सहितका नेता कार्यकर्ता तथा सँगठित सदस्यहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनले पार्टी वडा उपाध्यक्ष सुवर्ण भट्टलाई निर्वाचन गरेकाे छ भने राजेन्द्र वाग्ले सचिव र सह- सचिवमा सरिता ढकाल निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले केश भट्टराईकाे अध्यक्षतामा युवासँघ वडा कमिटी समेत चयन गरेकाे अध्यक्ष नवराज घिमिरेले बताए ।

अधिवेशनकाे अवसर पारेर लामाे समय देखि नेपाली कम्युनिस्ट आन्दोलनलाई स्थापित गराउँद भूगाेलमा रहि पार्टीलाई उचाईमा पुर्याउनका लागि सँकटकाे घडीमा बैचारिक एवं राजनैतिक रुपमा प्रतिबद्धता जनाउदै विभिन्न कालखण्डमा , आन्दोलनमा समाज रुपान्तरण र पार्टीका हितमा महत्त्वपूर्ण भूमिका निभाएका वडाका अगुवा जेष्ट पार्टी सदस्यलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0