२०८१बैशाख १५, शनिबार

प्रकाशवावु खनाल

रत्ननगर , चितवन। रत्ननगरमा बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ ।

रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ गते उद्यमीहरुलाई जिल्लाको आर्थिक विकासका लागि जोड्ने गरी रत्नविज समिट कार्यक्रम गर्दैछ ।

आयोजकले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको आर्थिक विकासको लागि रत्नविज समिटलाई अर्थपूर्ण बनाउने जनाएको छ ।

कार्यक्रममा चार जना उद्यमीहरुको सफलताको कथा सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलले जिल्लाको आर्थिक विकासका सम्भावनाबारे तथ्यपरक प्रस्तुती गर्नेछन् ।

कार्यक्रममा थोरै लगानी गरेर व्यवसायमा सफलता हासिल गरेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फूडर्सका सञ्चालकपुरुषोत्तम रिजाल, आवर क्जेटका सञ्चालक तथा महिला उद्यमी डा.सन्ध्या कँडेल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेलको सफलताको कथा प्रस्तुत गरिने रत्नविज समिटका संयोजक तथा जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी दिए ।

सोही कार्यक्रममा पूर्व मिसनेपाल सुगारिक केसीले उद्यमशिलतामा नवितम सोच, प्रसिडेन्सी कलेजबाट विजनेश मोडल क्यानभास सम्बन्धी प्रस्तुती हुनेछ । रत्ननगर जेसीजको रजत जयन्तीको अबसर पारेर सुरु गरिएको रत्नविज समिट प्रत्येक बर्ष आयोजना गर्ने गरी पहिलो संस्करणको रुपमा २२ गते गर्न लागेको रिजालले जानकारी दिए ।

सप्ताह अन्तर्गत बैशाख १९ गते पूर्वी चितवनका पत्रकार र रत्ननगर जेसीज बीच मैत्रीपूर्ण फुटबल, २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते बृक्षारोपण, २४ गते लागु औषधि दुव्यसनी सम्बन्धी सचेतना, २५ गते अन्तर मावि बक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने सप्ताहका संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए ।

रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजिगर्दै सामाजिक काम गरेर मनाउन थालिएको बताए ।

समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको उनको भनाई छ । पत्रकार सम्मेलन रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0