२०८० माघ २७, शनिबार

आशिश आचार्य भृकुटीमण्डपमा , काठमाडौं । क्यान ईन्फाेटेककाे २९ अैाँ सँस्करण मेला सञ्चालन भैरहेकाे भृकुटीमण्डपमा आज ‘ कान्छी राेवट’ काे प्रस्तुति सार्वजनिक गरिने भएकाे छ ।

 

नेपालमै विकास गरिएको याे राेवटले गर्ने आदेशात्मक कार्यले कसरी र कुन प्रकृतिको काममा प्रयाेग गर्न सकिन्छ भन्ने विषयमा प्रयाेगात्मक रुपमै प्रदर्शनी गरिने राेवट निर्माण टिमले जनाएको छ ।

विज्ञान र प्रविधिको विकास र सम्भावनालाई एकैस्थलबाट लक्षित समुदायकाे ध्यानाकर्षण गर्ने र विश्वबजारसम्म प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयाेजित क्यान मेलामा दर्शक तथा अवलोकनकर्ताकाे सहजकताका लागि जेष्ठ नागरिक , फरक क्षमताका नागरिक ,१० बर्ष भन्दा कम उमेरका बालबालिकाका साथै सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क प्रवेशकाे व्यवस्था रहेकाे क्यान महासँघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

१सय ५० स्टल रहेकाे साे मेला अवलोकन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति प्रविधिमा विशेष रुचिभएका बालबालिकाहरुकाे चापरहेकाे महासचिव अधिकारीले जानकारी दिनुभयाे । ‘हिजाे शुक्रबार नेपाली राष्ट्रिय टिम कप्तान राेहित पाैडेल समेत आउनुभएकाे थियाे । ‘विद्यार्थीकाे प्रतिभा प्रति म ज्यादै आकर्षित छु ‘ वहाँले भन्नुभयो ।

हिजै मेलाकाे अवलोकन गर्न काेरिया फुड पर द हङ्ग्री इन्टरनेसनलका नेपाल निर्देशक जेम्युन पार्कले समेत इन्फाेटेककाे अवलाेकन गर्नुभएको थियाे । ‘ आजकाे प्रस्तुति अझ विषेश हुने छ ।

आज नेपाल मै विकास गरिएको ‘ कान्छी राेवाेट ‘ काे प्रदर्शन हुनेछ ‘ – महासचिव अघिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0