२०८१बैशाख १९,बुधबार

कृष्णप्रसाद खनाल,चितवन

समाजका यथार्थतालाई उजागर गर्नेक्रममा सधैजसाे राज्यसत्ताको बक्रदृष्टिमा पर्नेगरेका अग्रजहरुकाे विरासतकाे रुपमा प्राप्त पत्रकारिता पेशा आजपनि उस्तै चेपुवामा परेकै छ ।

राज्यपक्षकाे नजर सँधैजसाे स्वतन्त्रताहरु कसरी राज्यकाे निगरानीमा राख्ने भन्ने बक्रचिन्तनका कारण धेरैपटक पत्रकार र नागरिक समाजले स्वतन्त्रताको पक्षमा कलम चलाईरहनु परेकाे छ ।

लेखेकै कारणले पाएका सास्तीकाे अग्रजहरसँग अनुभव छ ` राजाकाे सक्रिय शासनकालमा दरवारकाे नजिक रहेर शत्ताका तावेदारी गर्नेहरुसँग अझबढि खतरा माेल्नुपरेकाे थियाे ।´ २००७ सालकाे राजनीतिक परिवर्तन , ०१७ सालकाे शाही `कू´ देखि २०४६ सालसम्मकाे नेपाली पत्रकारिताकाे हिडाईकाे बेग र डगर भने `मिसन पत्रकारिता´ थियाे ।

बहुदलीय राज्य व्यवस्था पछि भने नेपाली पत्रकार र पत्रकारिताकाे बाटाे प्रविधिमा भएकाे विकासलाई अँगाल्दैजाँदा पत्रकारिताले अनलाइन सञ्चारका माध्यमबाट थप उचाइ समाउन थालेकाे छ । जतिसुकै पत्रकार र पत्रकारिताकाे उचाई र चाैडाइ बढेपनि यसकाे मर्म माथिकाे गहिरामा भने राज्य पक्षले चाेट पुर्याउलान् कि भनेर स्वतन्त्रताका साथ पत्रकारिता गर्नेहरुकाे बारम्बार खबरदारी तर्फध्यान पुर्याउनुपर्ने छ ।

नेपालकाे सँविधान २०७२ काे भाग ३ मा प्रष्टसँग आमसञ्चारसम्बद्ध माैलिक हककाे व्यवस्था गरेकाे छ । यस अन्तर्गत रहेका ३१ वटा माैलिक हक मध्य ५ वटा हक आमसञ्चारसँग सम्बन्धित रहेका छन् । भाग ३ ( १७ ) काे स्वतन्त्रता सम्बन्धि हक काे १ , क ले विचार र अभिव्यक्ति स्वतन्त्रताकाे व्यवस्था गरेकाे छ । १९ काे १ मा` विद्युतीय प्रकाशन ,प्रसारण तथा छापालगाएत जुनसुकै माध्यमबाट कुनै समाचार , सम्पादकीय , लेख,रचना वा अन्य कुनै पाठ्य,श्रव्य,श्रव्यदृश्य सामाग्रीकाे प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व प्रतिबन्ध लगाईनेछैन ´ भनी व्यवस्था गरेकाे छ। साेहि भागकाे ३४ काे श्रमकाे हक काे १मा उचित पारिश्रमिक , सुबिधा तथा याेगदानमा आधारित सामाजिक सुरक्षाकाे हक हुने छ भनी व्यवस्था गरेकाे छ ।

कानुनले जेसुकै व्यवस्था गरेतापनि यथार्थमा के श्रमजीवी पत्रकारकाे अवस्था कानुनले व्यवस्था गरेजस्तै चलेकाे छ त ?

छैन भन्नेकुरा पत्रकारकाे त कुरैछाडाैँ कानुन बनाउने र कार्यान्वयन गर्ने दुबैपक्षलाई थाहा छ । ` कानुन ले व्यवस्था गरेजस्ताे पत्रकारकाे अवस्था छैन । सँविधानले राष्ट्रिय आमसञ्चार नीति -२०७३ काे समेत व्यवस्था गरेकाे छ । जहाँ प्रष्ट उल्लेख छ ` पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउन आमसञ्चारसम्बन्धि अध्ययन,अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीहरुकाे सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने छ ।´

त्यतिमात्र नभै नीतिले पत्रकारिता क्षेत्रमा निरन्तररुपमा लामाे समयसम्म याेगदान पुर्याएका जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न “जेष्ठ पत्रकार सम्मान वृत्ति काेष´´ स्थापना गरि लागू गरिने छ भनी व्यवस्था गरेकाे छ । ` कार्यक्षेत्रमा रहँदा कुनै दुर्घटनामा परी घाइते भएमा वा दीर्घ राेगबाट पीडित भएमा पत्रकारकाे उपचारका लागि एक पत्रकार काेष स्थापना गरी सञ्चालन गर्न आवस्यक व्यवस्था गरिने उल्लेख छ ।

बिषयगत नीतिकाे व्यवस्था गर्दै ३.९.१४ ले स्थानीय विज्ञापनलाई स्थानीय तहकै सञ्चार माध्यममा वितरण गर्नका लागि प्राेत्साहन गरिने उल्लेख छ । कानुनले व्यवस्था गर्दागर्दै पनि के सञ्चार गृहले याे सुबिधा उपलव्ध गरिरहेका छन् वा पहुँचका भरमा विज्ञापन वितरण भैरहेका छन् त ? ।

भरखरै उदाउँदैगरेका पत्रकार र सञ्चार गृहलाई पहुँच बिना केही नचल्ने भएपछि थप समस्या उत्पन्न भएकाे देखिन्छ । पत्रकार र पत्रकारिताकाे मर्यादा कायम गर्नु समेत पत्रकार र सञ्चार माध्यमकाे अहम् कर्तव्य हुन्छ भन्ने भुल्नै नहुने बिषय हुनआउँछ । नेपालकाे कानुनले नै पत्रकार र सञ्चार माध्यमकाे कर्तव्यकाे व्यवस्था गरेकाे छ ।

बालमैत्री सञ्चार निर्देशिका – २०७३ काे ३ मा पत्रकार र सञ्चार माध्यमले बालबालिकासम्बन्धि समाचार सम्प्रेषण गर्दा पालना गर्नुपर्ने कर्तब्य किटान गरिएको छ। समाचार प्रकाशन गर्दा बालबालिकामा सकरात्मक प्रभाव पार्ने सामाग्रीकाे प्रारम्भिकता देखि उनीहरुकाे अधिकार सँरक्षण र हित हुने गरि समाचर बनाउन र सम्प्रेषण गर्न भनिएकाे छ ।

पत्रकार र सञ्चार माध्यमले हिँसा,हत्या , आगजनी ,प्राकृतिक विपद्जस्तन घटना वा दुर्घटनासम्बन्धि तस्बिर वा दृश्यका सम्बन्धमा बालबालिकामा नकारात्मक मनाेवैज्ञानिक असर नपुर्याउने गरि विशेष सजगताका साथ सम्प्रेषण गर्नुपर्ने उल्लेख छ भने अन्तर्वार्ता लिनुअघि स्वीकृति लिनुपर्ने तथा विज्ञापन सामाग्रीमा बालबालिकालाई प्रयाेग गर्न नहुने समेत निर्देशिकामा उल्लेख छ ।

हरेक समय समाज र राज्यका गतिविधि र सामाजिक परिघटना र विचारहरु सँप्रेषण गरिरहने कर्मक्षेत्र राेजेका पत्रकार स्वयं सामाजिक निगरानीमा रहिरहेका हुन्छन् भन्ने प्रति सधै सचेत नहुने हाे भने पत्रकार र याे पेशाले पनि सामाजिक खप्कि व्यहोर्नुपर्ने हुनसक्छ ।

यसर्थ पत्रकारिता कर्ममा आउने र यस विषयमा चाहनाहुने हरेकले नेपालकाे सँवैधानिक व्यवस्था , माैजुदा कानुन , राष्ट्रिय सञ्चार नीतिका साथै प्रेस काउन्सिलले ऐनले व्यवस्था गरेका ऐन,नियमावलीकाे बारेमा जानकार हुनु जरुरी छ । सँक्षेपमा अभिव्यक्ति स्वतन्त्रता सम्पूर्ण स्वतन्त्रताकाे जन्मदाता र सँरक्षणकर्ता समेत भएकाेले यसकाे महत्त्व र गरिमा माथि कत्तिपनि आँच आउन नदिन सबैपक्ष सचेत हुनु जरुरी छ । सूचना प्रविधिमा आएकाे क्रान्तिकारी परिवर्तनका कारण एक्काइसौं शताव्दीलाई सूचना र प्रविधिको युग पनि भनिनुपर्ने देखिन्छ । विश्वमा विकसित सञ्जाल भित्र पस्न जति सहज छ त्यसबाट निस्कन कठिन हुनसक्ने हुनाले हामीले आफू र आफुले समालिरहेकाे कर्मक्षेत्रकाे रखवाली गर्दै आफ्ना साधन र श्राेतकाे उच्चतम प्रयाेग हासियारीका प्रयाेग गराैँ ,अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसमा श्रमजीवी पत्रकार सहित सम्पूर्ण श्रमजीवी  वर्गमा हार्दिक शुभकामना  ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0