२०८१ बैशाख १७, साेमबार

नेकपा एकिकृत समाजवादी चितवनकाे बैशाख १९ र २० गते सम्पन्न हुने जिल्ला अधिवेशनकाे पूर्वप्रधानमन्त्री तथा पार्टी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने भएका छन् ।

करिव ४ सय प्रतिनिधिकाे उपस्थितिमा जिल्ला अधिवेशन हुन गैरहेकाे अधिवेशन सँयाेजक समेत रहेका अध्यक्ष अरुण पिडित भण्डारीले बताए ।

अधिवेशनकाे सम्पूर्ण तैयारी पूरा भैसकेको जनाउँदै जिल्ला उपाध्यक्ष कृष्णराज लब्लीले भने ` चैत मसान्तसम्म नवीकरण भएका करिव २ हजार ५ सय सँगठित सदस्यबाट अधिवेशन प्रतिनिधि छनाैछ भएका छन् ।´

अधिवेशन सम्पन गर्न ७ बटा उपसमिति गठन गरिएको र ३०१ जनाकाे मुल आयाेजक समिति गठन गरिएको अध्यक्ष भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0