Author: admin

१७ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’ नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको…

Read More

१६ साउन, काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गर्दै यसबारे जानकारी गराएको हो । विभागका निर्देशक अन्जन न्यौपानेका अनुसार यसअघि अध्यागमन विभागले २ चैत २०७८ मा जारी गरेको सूचनाको बुँदा नम्बर ५ मा उल्लेख यो प्रावधानबाहेक अन्य नियम भने यथावत कायम राखिएको छ । विभागका अनुसार सो दिनको सूचनामा उल्लेख कोभिड-१९ खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम यथावत राखिएको छ । खोप नलाएका यात्रुले ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्छ ।

Read More

१६ साउन, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए । सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए । प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । हत्यापछि आत्महत्या घटनाको…

Read More

मनिसहरुले आफ्नो हातको रेखा हेरे’र भविष्य हेर्ने गर्छन । आफ्नो दिन चर्य कसरी बित्ने छ भने पनि हात हेर्ने गर्दछन । त्यति मात्रै होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।हातको प्रत्यक नङमा रहेको से’तो आधा चन्द्रमा निशान’बाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता ल’गाउन सकिन्छ । नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो । यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डि’जाइन भने होइन । यसले…

Read More

काठमाडौँ — जाडोको मौसम छ । जाडोयाममा मानिसहरु चिसिएको शरीर तताउन टोपी, पन्जा, स्वेटर, कोट लगाउनेदेखि तात्तातो खानेकुरा खान्छन् । यस्तैमा मानिसहरुको जाडोको प्रिय पेय हो चिया । त्यसै पनि गफगाफको थलो चिया पसलमा जाडो याममा भीड नै लाग्ने गर्छ । तस्बिर : धनवीर महतो/रासस शुक्रबार चियाको चुस्की लिँदै गरेको बाँदरको फोटोले सबैको ध्यान खिचेको छ । चुलोको छेउमा एउटा बाँदरले गिलासबाट चिया पिउँदै गरेको देखिन्छ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको बाँदरको यो फोटो राससका लागि धनवीर महतोले खिचेका हुन् ।

Read More

१४ साउन, बार्सिलोना। ‘जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।’ नेपालका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्दा स्टोरी टेलर’ अर्थात् ‘कथा वाचक’ को परिचय बनाएका साइग्रेस पोखरेलले व्यक्त गर्दै आएको यो अभिव्यक्ति हो। गत नोभेम्बर ९ देखि २७ सम्म नेपालका विभिन्न सहरहरुमा पुगेर उनले वर्ड टुर (शब्दहरुको भम्रण) गरेका थिए। १४ वटा कार्यक्रममा करिब १० हजार दर्शकसँग साक्षात्कार गरेको उनको अनुमान छ । साइग्रेसको आवाज सुन्न र भेट्न आउने दर्शकको घुइँचो थामिनसक्नु नै थियो। शब्दहरुको भ्रमण अर्थात् ‘वर्ड टुर’ गरेका साइग्रेस यतिबेला वर्ल्ड टुरमा (विश्व भम्रणमा) उत्रिएका छन्। विदेशमा बस्ने नेपाली माँझ साक्षात्कार गर्ने…

Read More

१ साउन, दक्षिण कोरिया । कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले विनाभिसा बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको र पछिल्लो महिना त्यसलाई थप तीव्र पारेको हो ।सोही अभियान अन्तर्गत गत सातामात्र १४ जना नेपाली श्रमिक पक्राऊ परेका यहाँका सञ्चार माध्यमले जनाएका छन् । यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने…

Read More

नेपाल अष्‍ट्रेलिया सम्बन्ध सन् १९१५ मा पहिलो विश्‍वयुद्धमा बेलायती सेनाको गोर्खा रेजिमेन्ट मार्फत टर्कीको गल्लीपोली प्रायद्वीपमा गोर्खाली सिपाहीले अष्‍ट्रेलिया र न्यूजिल्याण्डका पक्षमा लडेका थिए। त्यसैको सम्झनास्वरूप प्रत्येक वर्ष २५ अप्रिलमा अष्‍ट्रेलियामा हुने विशेष सैन्य परेडमा आज पनि गोर्खालीहरूलाई सम्झने गरिन्छ। यसरी हेर्दा नेपाल र अष्‍ट्रेलियाको सम्बन्ध एक शताब्दी भन्दा पनि पुरानो भैसकेको छ। तर, नेपाल र अष्‍ट्रेलियाबीच औपचारिक सम्बन्ध १५ फेब्रुअरी १९६० मा भएको थियो भने फेब्रुअरी २६ मा दिल्लीस्थित अष्‍ट्रेलियन राजदूतलाई नेपालको गैरआवासीय राजदूत नियुक्त गरिएको थियो। नेपालबाट भने सन् १९६५ मा जापानमा दूतावास स्थापना गरेर त्यसको एक वर्षपछि जापानकै राजदूतलाई अष्‍ट्रेलियाको समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको थियो। सन्…

Read More

एक परिचित मित्रको औषधि पसलमा केहीबेर गफिएर बसिरहेको थिएँ । एउटी २०-२१ वर्षीया केटी औषधि पसलमा आइन् र औषधि विक्रेतासँग कुनै औषधि मागिन् । मेरो आँखाले त्यो औषधि ‘इकोन’ भनेर ठम्यायो । उनी गएपछि मैले मित्रलाई जिज्ञासावश सोधें– ‘यो औषधि कत्तिको बिक्री हुन्छ ?’ उनले अक्सर बिक्री हुने औषधिमध्येमै पर्ने बताए र भर्खरै यो औषधि लिएर जाने केटीले नौ–दश दिनअघि पनि त्यही औषधि लगेको बताए । म एकछिन्न जिल्ल परें । जिल्ल पर्नुपर्ने कारण थियो, त्यो औषधिको कसरी घातक दुरुपयोग भइरहेको रहेछ भन्ने बुझेर । इकोन के हो ? इकोन (ICON), आइपिल, आइ–फ्री, इ–७२, म्याक्स–७२ आदि नामधारी यी औषधि वास्तवमा…

Read More

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु भएको छ । २०९ औं भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलबार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो । नेपाली साहित्य जगतमा उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । २०३९ पुसबाट प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै पूर्णाङ्क ३९६ निस्किएर बन्द भएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक पुनर्विमोचन गर्नुभयो । वि.स. १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रुपान्तरित हुँदा…

Read More