खजुरा,बाँके। खजुरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यकता अनुसार यश आर्थिक वर्षमा पालिकामा २७ जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप बुधबार  सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  बस बहादुर रानाले जानकारी दिए ।

सामग्रीहरू खजुरा गाउँपालिकाका  अध्यक्ष डम्बर बहादुर  विक (तुफान) उपाध्यक्ष मन्जु मल्ल, समाजिक बिकास संयाेजक  कृष्ण कुमारी पाेखरेल, लेखा अधिकृत प्रदिप सुनार, वडाध्यक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुशिला न्याेैपाने, सहितले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चियर  हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष विकले आगामी दिनमा पनि अपाङ्गता भएका नागरिकको सशक्तिकरण र क्षमता विकासको लागि आवश्यक सहयोग  गर्ने बचनबद्दता व्यक्त गरेका थिए ।

समुदाय स्तरमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा गमनशीलतालाई सहज बनाउन ह्वील चियर उपलब्ध गराइएकाे खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0