कृष्ण खनाल,बागमती प्रदेश चितवन
गाेरखाकाे दर्वुङमा जन्मनुभै चितवनको विभिन्न विध्यालयकाे माध्यमिक स्तर देखि प्राध्यापक स्तरसम्मकाे शिक्षण पेशामा जिन्दगीको ३५बर्ष भन्दाबढी शिक्षण पेशामा जिन्दगी खर्चनुभएका हरिप्रसाद अधिकारी शिक्षण पेशामै रहदा पनि नयाँ नयाँ विधि र व्यवसायकाे खाेजीमा कृयाशिल हुने व्यक्ति हुनुहुन्थ्यो ।
०४७/४८ साल तिरै रेशम खेती गर्ने त कहिले तान मेशिन ल्याएर पस्मिनाकाे कपडा बनाउने घरेलु व्यवसायमा छरछिमेकलाई समेत सक्रिय बनाउनुभयाे । त्यसाे त उसैवेला खेतवारीमा सिसाैका विरुवा राेप्ने देखि कुखुरा पालन व्यवसाय समेत गर्नुहुन्थ्यो , शिक्षक पेशासँगसँगै ।
” हरिसर के गराैँ ,के गराैँ भन्ने हुटहुटी भएकाे व्यक्ति हुनुहुन्छ ” वहाँलाई नजिकैबाट जान्नेहरु भन्दछन् ।
सरकारी शिक्षकवाट निवृत्त पश्चात् आवासीय वाेडिङ स्कुलकाे प्रमुख भएर समेत शिक्षामा थप कृयाशील हुनुभएका हरि अधिकारी शिक्षककाे घेराभन्दा माथि उठेर फलफूल उन्नत र अगुवा बागवानीमा उभाैली जाेश र जाँगरका समाहित हुनुहुन्छ ।
एउटा खारिएकाे विशेषज्ञ सरह आफ्नाे बागवानीमा युवाकालीन सरह जाेश सरह प्रस्तुत हुनुहुने अधिकारी हाल रत्ननगर र खैरहनी नगरपालिकामा आफ्नै र भाडामा लिईएका करिव २० विगाहा जमिनमा अधिकारी मल्टी एग्राेफार्म का नाममा बागवानी पेशामा कृयाशील हुनुहुन्छ ।
२ बिगाहा ५ कठ्ठामा लटरम्म फलेका देखि फुल्दै र फल्दैगरेका ड्राईगन खेती देखि माेरिङ्गा भनिने सितलचिनी काे २ बिगाहामा खेती गर्नुभएका उदयमान कृषि उधमी हरिप्रसाद काे १५ बिगागा बगानमा केरा खेती रहेकेाछ । वहाँ भन्नुहुन्छ “मैले खैरहनीकाे फर्ममा १५ बिगाहा मालभाेग जातकाे केरा लगाएकाे छु भने पिठुवाकाे फर्ममा हरियाे जातकाे केरा लगाईएकाे छ । सितलचिनीका बाेटहरुकाे छहारीमा करिव १८ हजार भूईकटरका बिरुवा लगाईका छन् ।
अधिकारी फर्ममा त्यसकाे अलावा बारैमासे फल्ने सुनकागतीकाे समेत लटरम्म फुले फलेका बिरुवा छन् ।
आफ्ना बागवानी भित्र रहेका हरेक फसलकाे वारेमा बिरुवा छाैट गर्ने देखि माटाेकाे तयारी , बिरुवाको हेरचाह र मलखादकाे बारेमा सरर तथ्यांक सहित विश्लेषण गर्ने हैसियत राख्नुहुने वहाँकाे प्रस्तुति वर्षाैँकाे अनुभवी विशेषज्ञ प्रशिक्षकको भन्दा कमछैन ।
” बिना ज्ञान ,सीप , लगानी र बजारकाे हेक्का नै नगरि यस्ता खेतीमा हातहाल्दा घरखेतै जाने डरहुनेहुनाले खेती गर्नुपुर्व उधमी कृषकले मैले के गर्दैछु , कुन र कहाँबाट बिरुवा ल्याउँदैछु देखि कसरी खेती गर्ने सम्मकाे पूर्व ज्ञान विना कुनै पनि साथीहरूलाई पेशामा लगानी गर्न सजग हुनुपर्ने धारणा राख्दै हरि अधिकारी भन्नुहुन्छ ” त्यसै त कुनै पनि किसिमले नेपाली उधमी शुरक्षित नभैरहेकाे अवस्थामा राज्य द्वारा उपेक्षा गरिएकाे कृषि तथा बागवानी जस्ताे जाेखिम पेशा हतारमा लहैलहैमा गर्नै हुदैन ।
” जिन्दगीको करिव ३५ बर्ष शिक्षण पेशामा रहदा जत्तिकै आफू याे पेशामा रहेकाे बताउनुहुने बागवानी कृषक हरि काे जति याे र यस्तै पेशामा आउने र आउन चाहनेहरु प्रति सम्मान र उत्पेरणाकाे श्राेत बन्न आफू आतुर हुनुहुन्छ त्यतिकाे हालकाे राज्य र सम्बद्ध निकाय प्रति सन्तुष्ट भने देखिनुहुन्न । ” मेराे फर्म हेर्न मात्रै भनेपनि आईदेअेा सरकारी मान्छे र जनप्रतिनिधि हाे भन्दापनि हेर्नसम्म नआउने निकाय प्रति मेराे आस पनि छैन भराेसा लाग्ने कुरै भएन ” वहाँ भन्नुहुन्छ ।
५५/६० बर्षमै बुढेसकाल लाग्याे भन्ने साेचभएका व्यक्तिहरुका लागि जिन्दगीले सक्दासम्म सकृय जीवन बिताउन प्रेरणा मिलाेस् र २०-३० हजार कै लागि देश छाेडेर जानुपर्दैन गरे नेपालमै छ , बुद्धि पुर्याएर अनुशासनका साथ लगनशील हुनसके कमाउन सकिन्छ ,राज्यलाई नै सघाउँला, नसके आफ्नैले उत्पादन गरेकाे ताजा फलफुल खाउँला घरगाउँमै रमाउँला भन्ने प्रेरणा जगाउन पनि म जिन्दगीको सक्दाकाे क्षणसम्म सकृय रहनेछु ” रमाइलो पारामा हरि अधिकारी भन्नुहुन्छ । हरि अधिकारी उध्यमशीलताकाे एउटा व्राड मात्रै बन्नुभएकाे छैन कि बागवानी ,कृषि पेशामा आउनचाहने जाेसुकैका लागि प्रेरणाकाे श्राेत समेत बन्नुभएकाे छ।