Author: admin

काठमाडौँ — आयोजक नेपालले छैटौं साफ महिला च्याम्पियनसिप २०२२ को समूह चरणमा श्रीलंका र भुटानविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । ढाकामा शनिबार निकालिएको ‘ड्र’ अनुसार नेपाल तुलनात्मक रूपमा कमजोर मानिएका टिमसँगै समूह ‘बी’ मा परेको हो । अघिल्ला पाँचै संस्करणमा च्याम्प्यिन भएको भारतसहित बंगलादेश, माल्दिभ्स र पाकिस्तान समूह ‘ए’ मा छन् ।नेपाली राष्ट्रिय महिला फुटबल टोली । फाइल तस्बिरः हेमन्त श्रेष्ठ/कान्तिपुर ‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै हो,’ नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले भने, ‘हामी भारतको समूहमा परेको भए दोहोरो फाइदा हुन्थ्यो । भारतसँग समूह चरण र फाइनलमा खेल्न पाइन्थ्यो । तीन टिम भएको समूहमा परेपछि हामीले लिगमा दुई खेलमात्रै खेल्न पाउने भयो ।…

Read More

स्पेनिस क्लब रियल मड्रिडले प्रि-सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको छ । अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्को एसेन्सियोले एक-एक गोल गरे । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए । ६९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए । प्रि सिजन टुर अन्तर्गत रियलले अमेरिकामा तीन खेल खेलेको छ । जसमा दुई खेलमा जित निकाल्यो भने एक खेलमा हारको नतिजा निकालेको छ ।

Read More

सहारा क्लब पोखराको आयोजनामा गत माघमा २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । यो प्रतियोगिता आफैमा ऐतिहासिक वर्ष थियो । सहारा क्लब पोखराले निरन्तर आयोजना गरेको प्रतियोगिताको दुई दशक पुगेको थियो भने अर्कातिर एपिएफले प्रतियोगितामा पहिलो पटक उपाधी चुम्दै इतिहास रचेको थियो । रोमाञ्चक त के थियो भने एपिएफको प्रशिक्षक कुमार खड्का मुख्य प्रशिक्षक भएर पोखरा आएको नै पहिलो पटक थियो । अर्को कुरा भनेको उनी मनाङ मस्र्याङ्दीमा हुदाँ पनि पहिलो पटक क्लबले उपाधी उचालेको थियो । उनको लागि यो एैतिहासिक क्षण थियो । त्यहि ऐतिहासिक क्षणमा पुनः विषम परिस्थितिको सामना गर्न प¥यो प्रतियोगिताले । यस…

Read More

काठमाडौं : सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिक खेलकुदका लागि नेपालका १० खेलाडीले छात्रवृत्ति पाएका छन्। सम्बन्धित खेल संघको सिफारिसका आधारमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १० खेलाडीलाई छात्रवृत्तिका लागि छनोट गरेको हो । एनओसीले छनोट गरेका खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि स्वीकृत गरिसकेको जनाइएको छ । ओलम्पिक छात्रवृत्ति पाउने खेलाडीमा टेबुल टेनिसका संयोग कपाली, फेन्सिङका पायस योञ्जन, पौडीका नासिर हुसेन, ब्याडमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, सुटिङकी सुस्मिता नेपाल, तेक्वान्दोकी युनिसिया राई, डान्स स्पोर्ट््सका दीपक लामा, गल्फका सुवास तामाङ र भारोत्तोलनका सागर भण्डारी छन्। छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक सात सय ५० डलर प्राप्त गर्नेछन्। ओलम्पिक कमिटीले…

Read More

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सिटीलाई ३–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोम्हमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

Read More

१५ साउन, काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई…

Read More

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ७९ जनाको पीसीआर र १ हजार ९ सय २० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार २ सय ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले…

Read More

काठमाडौं : एसिड आक्रमणमा परेका पीडितहरूका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरूले आकस्मिक उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने व्यवस्था मिलाइएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट आकस्मिक उपचारपश्चात् थप उपचार गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कार्यविधिअनुसार एसिड भन्नाले मानव अगं, जीवजन्तु, वा अन्य जैविक या गैरजैविक वस्तुलाई जलाउने, घातक क्षति पुर्‍याउने वा अन्य कुनै किसिमले गम्भीर असर पुर्‍याउने रासायनिक पदार्थ सम्झनुपर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फुरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा…

Read More

काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् । कान्ति बाल अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाई बताउँछन् । उनका अनुसार बच्चाहरुमा एडिनो भाइरस संक्रमण पाइए पनि यसले स्वास्थ्यमा गम्भीर जटिला ल्याउँदैन । यो भाइरसबाट सबै उमेर समूह संक्रमित हुन सक्ने उनले बताए । ‘यो भाइरस हरेक वर्ष देखिने गर्छ,’ उनी भन्छन्, ‘जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुन्छ ।’ दुई वर्ष यता…

Read More

काठमाडौँ — केही दिनअघि कान्ति बाल अस्पतालको ओपीडीमा ज्वरो आउने, आँखा पाकेर रातो हुने, खोकी लाग्ने लक्षण भएकी ११ महिनाकी बालिकालाई जाँचका लागि ल्याइयो । उनका लक्षण एडिनो भाइरसको लक्षणसँग मिल्दाजुल्दा थिए । बालबालिकाहरुमा यस्तै प्रकारका लक्षण देखिएमा ती एडिनो भाइरसको लक्षण हुन सक्ने बताउँछन् अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिस्ट डा. जगत जीवन घिमिरे । ‘यो भाइरस नयाँ भाइरस भने होइन,’ उनले भने,‘यो भाइरस अहिले धेरैजसो बालबालिकामा देखिन थालेको छ । अभिभावकहरु यो नयाँ बिराम आयो भनेर आत्तिएका पनि छन् तर त्यो होइन । यो समस्या देखिँदै आइरहेको हो ।अहिले भने अलि धेरै देखिएको हो ।’ करिब दुई हप्तादेखि कान्ति बाल अस्पतालमा…

Read More