२०८१ बैशाख १३, बिहीबार

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको आसन्न ११ औं जिल्ला अधिवेशनबाट नेतृत्वमा जान एमालेका नेताहरु रस्साकशीमा छन् ।

चितवन राष्ट्रिय राजनीतिकाे मध्यभाग भएकाे र निर्णायक राजनीतिक शक्ति भएकाले पनि पार्टी नेतृत्वमा जान नेताहरु लालायित हुने विगतकाे इतिहास छ ।

पार्टी नेकपा बनेदेखि नै देशभर जस्तै चितवनकाे कम्युनिस्ट पार्टी विशेषगरी एमाले र माओवादी केन्द्र पार्टी यथास्थितिमा जानेक्रमा नै नेकपाकाे निरन्तरता भन्दै महत्त्वपूर्ण हैसियत भएका चितवनका रामबहादुर थापा बादल , यमबहादुर परियार , प्रकाश खनाल शैलेश जस्ता नेताहरु एमाले मै रहेपछि राजनीति माहाेल मिलाउन थप कसरत हुनुपरेकाे जानकारहरु बताउँछन् ।

आगामी नेतृत्वको लागि चर्चामा आएका हालका अध्यक्ष रामप्रसाद न्याैपाने , हालका उपाध्यक्ष कमल पाठक देखि नेतृत्वमा रहिसकेका पाका नेताहरु कृष्णभक्त पाेख्रेल , कृष्ण भुर्तेल देखि हालका सचिव प्रकाश खनाल काे चर्चा चर्चिएकाे छ भने दुई धारे नेतृत्व मध्य तात्कालिक एकधारकाे नेतृत्वकाे अनुभव प्राप्त पुराना सचिव तेजेन्द्र बहादुर खड्का पनि आफुले सुक्ष्म रुपमा अध्ययन गरिरहेकाे र अध्यक्षकाे दाैडबाट पछि नहटेकाे बताउन थालेपछि नेतृत्वकाे छिनाेफानाे सहज‌ नहुने सँकेत देखिन थालेका छन् ।

जिल्ला अधिवेशनकाे तैयारीमा नेतृत्व लागिसकेको कार्यालय सचिव स्याम बिष्ट बताउँछन् ।

अधिवेशनको लागि यस खघि नै लाेगाे भने सार्वजनिक भैसकेको छ ।

सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ ।

उक्त लोगोमा नेपाली र अंग्रेजी दुबै भाषामा ११ औं जिल्ला अधिवेशन १०–१२ जेठ २०८१, नेकपा (एमाले), चितवन लेखिएको छ । अधिवेशनका लागि एक महिना अघिदेखि नै तयारी थालिएको हो ।

अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने गरी एमाले चितवन लागेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु गठन गरिएको कार्यलय सचिव बिष्टले बताउँछन् ।

मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ ।

यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय उपसमितिहरु समेत बनाइएको छ ।

२०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

एमालेले प्रत्येक ३/३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0