Open photo

कृष्ण खनाल

मानखाेलाबाट पश्चिम हानिएको टाेली झ्याङ्गिदै अघिबढ्याे ।

बुट्यान छिचोल्याे । सिसाैघारीकाे बिच बिचका सिमलकाे वृक्षलाई पछाडि पर्दै अघिबढ्याे । भाेलागाैडी ढपक्कै ढाक्दै फाैजीटाेली मैनापाेखर पुग्दा काेही बजार तिर थिए भने काेही त बलाई गाउँ जाने बाट रिहारसम्मँ छादिएर बढ्दैथिए ।”

ट्याङ्गाे ट्याङ्गाे टाेली गुलरिया भन्दा करिव १२ किलोमिटर पूर्व आईपुग्दै छ । ३ वटै फाेर्स सँगसँगै छ” बाेल्दै बाेल्दै बढ्याे ऊ । मैनापाेखर कट्दा नकट्दै काेहि फाैज तल्काना त काेहि स्याउलीबजार पुगिसकेको थियाे ।

उता २/ ३ देखिबाटै भैसाई , बिक्री , बेलभारमा चहलपहल बढ्दै थियाे । “सकेसम्म छाेपी ल्याउन्या हाे नै त कार्वाही गर्न्याहाे ” यस्तै भन्दै १० नबज्दै एकहुल जमात दक्षिण माेडिएकाे थियाे कद , पाेशाक र हतियारकाे साईज नमिले पनि जाेश मिलेका युवाहरुकाे एक हुल टाेली ।यता एकनासे टाेली भने पुरै हतियार सहितकाे बन्दाेबस्ती देखिन्थे । फाैजीटाेलीले एकाएक साईज बदल्याे कण्ठपुर सितला बजार का छतहरु हतियारधारीले सेल्टर लिनथाले ।

पस्चिमबाट टाेली L साईजमा बढ्याे । घडीले ४ बजाउन के थालेकाे थियाे ढ्याङ, ढ्याङ र डुडुङ । एकैछिनमा गणेशपुर कालाे निलाे हुँदै गाेली बारुद स्थलमा परिणत भयाे ।

यादव , खटिक र बसाैलाका घरकाे छतछतमा उक्लेका टाेलीले लगातार उत्तर तर्फ फायर खाेल्याे ।

गाेलीका खाेकाहरु गाउँ गाउँसम्म पुगेर बजारीन थाले । एकैछिनमा आकाशमा नाईट भिजनले गस्तीमा गर्नथाल्याे । रातभर हेलिकप्टरबाट त्रासदी गस्ती ।

उता घटनालाई बर्दिया रेडक्रस , उपशाखा कालिकाले घाईतेकाे उद्दारकाे लागि घटनास्थलमा जानपाउनुपर्ने मागका लागि सम्पर्कमा रहनथाले ।जसै रात छिप्पिन थाल्याे खतरा मुक्त स्थल घाेषित भए पछि रेडक्रस सेपक र एम्बुलेन्स गुड्नथाले ।

भाेलीपल्ट काठमाडौंबाट ल्याईएका सन्चार कर्मीकाे राेहवरमा गणेशपुरमा सवहरु एकत्रित हुदैथिए ।

४३ जनाकाे लस्करै सव सडकमा घाेप्टाे परिएका थिए ।स्कुल अगाडिको खाल्डाखुल्डीबाट धेरै सव ल्याईएका थिए । घ्याच्चपिठ्युँमा लात्ती बजार्दै उत्तानाे पार्याे सैनिकले ।घाेप्टाे १ सवलाई । याे कमाण्डर हाे ।

झाेला आधा खालिएकाे बलियाे र पुष्ट शरीर , छेवैमा बृगेड कमान्डर जीत लेखिएको परिचयपत्र । जित भनेकाे यहि हाे ।याे कमान्डर हाे डाएरी समाउने फुलीवालाले भने । केहिक्षेणमै सवै सवहरु २ वटा ट्याक्टरमा लादिए । सवहरुलाई बबई नदीकाे किनारमा खाल्टाे खनियाे र सदा सदाकाे लागि बिदा गरियाे ।

सेनाका कमान्डर हरु माओवादी का सेना माथि विजय प्राप्ति मा खुशी थिए भने भूगोल अनविज्ञता र परिस्थिति मा आईलागेकाे जम्काभेट का कारण जनसेना केा ठुलाे नाेक्सानी हुनपुगेकाेमा माओवादी सेनामा ठुलाे विस्मात छाउँदै /

तेश्राे रात आफ्ना जनमुक्ति सेनाका कमान्डर जीत सहित सहादत जनसेनाहरुलाई सामुहिक सलामी दिएर फर्किय बाँचेका जनसेनाले ताेपकाे सलामी अर्पर्ण गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0