Open photoप्रताप पाैडेल,गण्डकी प्रदेश पाेखरा

बिक्री गरि भान्छा-भान्छामा पुर्याउनुपर्ने तरकारी चितवनका कृषकहरुले सडकमै खन्याएर घर फर्के ।

अण्डा पनि सडकमा फालेर विरोध गर्ने हल्ला छ । केही अगाडि केरा उत्पादकले राेडमा त्यसै गरे केरा फालेर । माछा उत्पादकले समेत सरकार बिदेशी आयातित माछा राेकेर हामीलाई बचाउ भन्दै पटक पटक जिल्लाका सरकार र कर्मचारीका कार्यालय धाए ।

दूध पाेखिएका मनग्ये कथा ताजै छ। खेती बाजै परेका किसानलाई साेध्याे भने उल्टै खल्तीकाे जान्छ के खेती गर्नु भन्दैछन् । उत्पादन गर्नै ३सय लाग्छ१ क्रेड अण्डा , बेच्नु परेकाेछ २सयमा भन्दैछन् कुखुरा पालकहरु । सटर लिएर अर्काका सामान बेच्ने पसलेहरु समेत सटरकाे सँख्या घटाउँदै छन् र लगानी साघुर्याउँदै छन् ।

उत्पादक कम्पनीहरु देशमा उत्पादन गर्नु भन्दा विदेशवाट ल्याएका सामानलाई पाेकाे पारेर बेच्नपाए हाईसुख्ख मान्दैछन्। पढेलेखेका र बलियाबाङ्गाहरु सके गैहाल्ने नसके जाने याेजना बनाईरहेका छन् घरघरै – एयरपोर्ट जान सामल ताममल बाध्दैछन् कति त कतिले खर्च जाेहाे गर्न बैक र पैसा भएकाहरुसँग ज्यूहजुर गर्दैछन् ।

विगत ५ बर्ष भित्र रामपुर क्याम्पसबाट भेटनरी डाक्टर (B.vsc ) गरेका

Open photo डाक्टरहरुकाे फेहरिस्त अध्ययन गर्दा ७५% बढिले नेपाल छाेडेकाे देखिन्छ । नसकेर जान नपाउनु अर्कैकुरा हाे पाए नेपालमै बसेर केहिगर्ने कति प्रतिशत युवाको चाह छ कसैलाई पत्ताे छैन ।युवालाई न राज्यसँगआश छ कुनै दल र पार्टी का अनुहारसँग । २/४ जना अधि पछि लाग्नेकाे बाहेक भविष्य धमिलिदैछ ।

१७ अर्वकाे व्यापार घाटा भयाे भन्छ सरकारका मान्छेहरु । यसाे भन्दा न कसैलाई लाज लाग्छ न कसैलाई पीर चिन्ता ।

सव्जीबजारमा गयाे भने बिक्रेता भन्छ नेपाली आलु कि भुटानी ,बँगलादेशी वा इण्डियाकाे । नेपालकाे ३ सय बढि अरुकाे भए सस्तो । किन भन्याे भने नेपाली खरिदै मँहगाे पर्छ । माल त उस्तै हाे भन्छ ।

व्यापार घाटा किन हुदैछ सरकालाई कुनै लेखाजाेखाकाे विषय भएन । याे वर्ष तलव नबढे अर्काे बर्ष मँहगी भत्ता सहित बढाउन भन्नपर्छ उनै भन्छन् । प्राय सबै ठुला र ठालुका सन्तान उतैछन् ।

कतिले शक्तिकेन्द्रलाई ज्यु हजुर गरेरै बहाना खाेजी उडाएका ।धेरैलाई थाहा छ २ वटा नागरिकता भएर र बच्चाबच्चीकाे पिठबन्दीमा आफ्नो नाम चडाएर रेडी पारेका कतिछन् कति ।

गफले चिउरा भिजेकाे थाहा छैन । चिउरा भिजाउनु भन्दा टाउकाे दुखेकाे बहानामा बच्चापठाउँ भरेकाे पिठबन्दी नाम प्रयाेग गरेर उड्न आतुर छन् देश वनाउन र कार्यान्वयन मा टेकेकाहरु ।

१७ अर्व व्यापार घाटामा नजाेडिएका थप केही अर्वछन् जुन नेपालले तलव भत्ता र आन्तरिक प्रशासन चलाउन रकम खर्चिरहेकाे छ । पढ्ने बहानामा नफर्किने आशमा विदेशीएका हजारौं युवाले बुझाएको रकमकाे त लेखाजोखा नै छैन ।

खेती गर्न न उन्नत बीऊ , न समयमा मलखाद । उत्पादन जन्य व्यवसाय गराैँ न सहज कच्चा पदार्थ काे प्राप्ति न लगानीमा सुरक्षा । जागिरे खायौं विना घुस नजराना घर नचल्ने ।

राज्यका निकाय देखि सामान्य कर्मचारी समेतकाे मँहगा सरकारी सुविधा । पहुँच विना सिन्काे नसर्ने भए पछि हरेकले आफू सुरक्षित हुने याेजना बनाउदा बनाउँदै देश भने उक्सदाे भन्दा भासिदेा गतिमा बढेकाे देखिन्छ , १७ अर्व व्यापार घाटामा यिनै विषयले प्रभाव पारेकाे प्रष्ट छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0