bharatpur metropolitan city

२१ श्रावण, चितवन।

भरतपुर महानगरपालिका १० नम्बर वडा कार्यालयले भरतपुर अस्पतालसँग अस्पतालले विभिन्न समयमा गरेका जग्गा सम्बन्धि सम्झौताहरुकाे विवरण माग गरेकाे छ ।

लामाे समयदेखि कलेज अफ मेडिकल साईन्सबाट अस्पतालले पाउनुपर्ने जग्गा भाडा बापतकाे ठुलाे रकम अस्पतालले प्राप्त गर्न नसकिरहेको खवर सञ्चार भैरहेकैबेला वडाले अस्पताललाई ३ दिन भित्र मेडिकल साइन्स ( पुरानाे मेडिकल भनेर चिनाईने ) सहित अस्पतालले सम्झाैता गरि दिइएका जग्गाकाे विवरण उपलब्ध गराउन पत्राचार गरेकाे छ ।

वडा अध्यक्ष परमेश्वर खनाल द्वारा हस्ताक्षर गरिएको चलानी नम्बर २४६ काे पत्र भएकाे ३ दिन भित्र कलेज अफ मेडिकल साईन्स समेत विभिन्न व्यक्ति तथा सँस्थासँग व्यवसायीक प्रयाेजनका लागि गरिएको सम्झाैता , हालसम्म बुझेकाे रकम र साे सँग सम्वन्धित कागजातकाे विवरण पठनउनु भनी उल्लेख छ ।

भरतपुर अस्पतालले पटकपटक सार्वजनिक समारोहबाट नै अस्पतालले भाडा बापत पाउनुपर्ने रकम उठाउन नसकेकाे बताउँदै आईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0