२०८१ वैशाख ६, बिहिवार

चितवन।भरतपुर महानगरपालिका भित्र अध्ययन गरेका कक्षा ८ काे विद्यार्थीकाे परिक्षाफल सार्वजनिक गरिएको छ। आज बसेकाे आधारभूत शिक्षा परीक्षा समितिकाे बैठकले परिक्षाफल प्रकाशन गरेकाे हाे ।

कुल ६ हजार ८ सय ६४ जना विद्यार्थी सहभागीता जनाएकोमा ५ हजार ७ सय ६२ जना अर्थात ८३.९४ प्रतिशतले कक्षा ९ अध्ययन गर्न याेग्यभएका छन् ।

दुईn विषयसम्म न्यूनतम ग्रेड प्वाइन्ट १ दशमलव ६ अथार्त डि प्राप्त गर्न नसकेका परीक्षार्थीहरुका लागि बैशाख २१ गतेदेखि २३ गतेसम्म  ग्रेड वृद्धि परीक्षा सञ्‍चालन हुने शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0