२०८० चैत्र ११ , आइतबार

चितवन। आस्था र विश्वासको विकास जसरी भएपनि फागुपर्वलाई मित्रताकाे पर्वकाे रुपमा सनातनदेखि लिइदैआइरहेकाे पाइन्छ ।

काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा खुशीयालीका साथ आज मनाईरहेकाे याे पर्व, तराईमा भाेली अझ भव्यताका मनाइदैछ । हिरण्यकश्यपुकी बहिनी हाेलिका आगाेमा जलेर नष्ट भएकाे खुशीयालीकाे कथा हाेस् या आशुर शक्तिको नाशकाे कुरा ।

जेसुकै भएपनि हाेलीपर्व मित्रता पर्व भने पक्कै हाे । फाल्गुण शुक्ल अष्टमीकाे दिन चीर ( लिङ्गाे ) गाडेपछि हाेली शुरुहुन्छ भने तराईमा हाेलिका दहन पछि ।

समाजलाई जत्तिकाे मित्रता चाहिएकाे छ देशलाई अझबढि राजनैनिक मित्रता र मेल चाहिएकाे छ । हाेली पर्वकाे उत्साहले सामाजिकका साथै राजनीतिक वृत्तमा मित्रता कायम हुन सकाेस् , जसका कारण देशले विकासको गति लियाेस् , हार्दिक शुभकामना ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0