२०८१ बैशाख २०, बिहीबार

काठमाडौं । सामाजिक सञ्जालमा व्यापक चर्चा हुने भाइरल भेलुबाजे / मिन बहादुर बुढामगरकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

प्यूठानको विजुवार अस्पतालमा उपचारका क्रममा बिहीबार उनकाे मृत्युु भएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खनालले जानकारी दिईन् ।

प्यूठान नगरपालिका – ५ जुम्रिकाँडा निवासी मीन बहादुर , भेलुबाजे श्रीमतीको मृत्युु पश्चात् केहिदिन देखि विक्षिप्त रहेकाे पारिवारिक सुत्र बताउँछन् ।

उनकी श्रीमतीको उपचारकै क्रममा गतवर्ष भारतकाे नयाँदिल्लीमा निधन भएकाे थियाे ।

युट्युव लगाएतका सामाजिक सञ्जालमा उनका छाडा प्रकारकाे ठट्यौलीबाट उनी भाइरल बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0