२०८० चैत्र १०, शनिबार

चितवन। हाली पर्वकाे अवसरमा हुनसक्ने घटना प्रति सचेत भएकाे चितवन प्रहरीले जनाएको छ।

हाेली पर्वमा कुनैपनि अवाञ्छित गतिविधि नहाेस् भनेर राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएकाे चितवन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेग रिमालका अनुसार हाली पर्वलाई लक्षित गरि ट्राफिक कार्यलयसँग समन्वयमा सुरक्षा फाेर्सलाई हाइअलटमा राखिएको छ। ` जाेखिम क्षेत्रहरु पहिचान गरिएका छन् भने गस्ती तथा सवारी चेकजाँचमा समेत कडाई गरिएकाे छ ´प्रमुख रिमालले भने।

याे पर्व प्रेमकाे पर्व भएकाले हाेली खेल्न नचाहने जाे काेहीलाई पनि जबर्जस्ती रङ दल्ने तथा लाेलाकाे प्रयाेग गरिएको पाईएमा कार्वाही गरिने प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0