२०८० चैत्र ६, मँगलबार
दायाँ वा बायाँ बस्ने जाेसुकैले पनि कसुरकाे सजायाँ पाउनु पर्छ । सुन काण्ड हाेस् या टेरामेक्स । लाउडा हाेस् या एन सेल ,सजायाँ पाउनुपर्छ भने नेपाली काङ्ग्रेसका नेता साँसद गगन कुमार थापाले । सहकारी रकम दुरुपयोग आराेप लागेकालाई कसरी उपप्रधानमन्त्री अनि गृहमन्त्री भन्नेपनि आवाज उठेकाे छ सदनमा ।
याे खवर प्रत्यक्ष अप्रत्यक्ष नेपाली जनता हुँदै विश्वजगतमा पुगेकाे छ । नेपाली नागरिक मात्रै न भै विश्व जगत जानकार छ नेपालमा नीतिगत भ्रष्टाचारमा नेपाली शासनहरु माहिर छन् । नेपाली जनतालाई याे पनि थाहा छ कि चप्पल नभएर खालीखुट्टा हिड्नेहालतका मान्छेहरु पार्टीकाे पछिलागेकै भरमा कसरी खरवमा सम्पत्ति र कराेडकाे सवारमा दायाँबायाँ रमिते लिएर आलिसान जिन्दगीमा छन् ।प्रष्ट छ यिनीहरुले भ्रष्टाचार गरेका वा भ्रष्टाचारी नेता रिझाए बापत धन थुपारेका हुन् ।
दुनियाँलाई थाहा छ एउटा व्यक्तिले आफ्नाे जिन्दगीको सिधा कमाईले लाइखाई बचाउने भनेकाे घरघडेरी मात्र हाे ।
अलिकति छक्कापन्जा मिलाउनसके १- २ वडा घडेरी ।
न कुनै जागिर न त बन्दव्यापार नै । छ त कि कुनै सँघसँस्थाकाे नेता वा नेताकाे पछुवा । अहिले ह्वात्तै उक्सिएका भनेकाे बढे नेताका परिवार पात्र नै बेसी । यसाे हुनुभनेकाे पहुँचका भरमा कालाबजारी वा तस्करी नै हाे ।
यी खवर देश र जनताका लागि नाैलाे हाेईन । वस् नाैलाे याे हुनेछ कस्ले यी भ्रष्टाचारीलाई पाता फर्काएर गाेर्खेलाैरी ठाेक्न सफलभयाे त , हेर्न ।
अहिलेकाे गृहमन्त्री र उनले नेतृत्व गरेकाे दलकाे दर्शन र शिद्दान्त भन्दा पनि जनप्रीय कामबाट नै स्थापित हुने रन्काे हाे भन्ने बुझाई छ ।
कम्युनिस्टका प्रेरणाका श्राेत मानिएका त्याङ्साओपिङ्ले भनेका छन् ` मुसा मार्न बिराेलाेकाे रङ कालाे वा सेताे जस्ताे भएपनि हुन्छ , बस् उसले मुसा मार्नुपर्छ । ´
जनता ,नागरिक भएको हेर्न भ्रष्टाचारीहरुकाे पाता फर्काई हुनु जरुरी छ । गगन थापाले भनेजस्ताे त्याे पाता दायाँ बसेकाे हाेस् वा बायाँ । एमालेले भनेजस्ताे शक्तिशाली आयाेग बनाेस् ,नरम । या गृहमन्त्री रवी लामिछानेले भने जस्ताे भ्रष्टाचारी कसँलाई छाेडिने छैन, आफैँ किन नपराेस् ।
बस् मुसा मारिनुपर्छ चाहे त्याे दर्शन वा नीतिले माराेस् या नेतृत्वको मान्छेहरुकाे इच्छाशक्तिले ।
यत्ति हाे जिन्दगीमा माैका पाएकाहरुले देशका नागरिक हँसाउने कामका लागि गफ हाेईन भ्रष्टाचारी पाता फर्काई सबैभन्दा पहिले नियमित काम निरन्तर चल्नु पर्दछ ।