२०८० चैत्र ६, मँगलबार

नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ हुने भएको छ ।

उद्योग परिसंघले आगामी चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताउनु भयो

उहाँले कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नुरहेको बताउनु भयो । उहाँले सम्मेलनमा कृषिमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्ममशिलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताउनु भयो ।

उहाँले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको बताउनु भयो ।

परिसंघले सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौति तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेश गरिने बताएको छ । सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साहले गर्ने परिसंघले जनाएको छ ।[ न्युज एजेन्सी ]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0