२०८० फागुन ७, साेमबार

चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे आजकाे खेलबाट लिगमा समुह ‘ बी’ बाट अर्किड इँग्लिस स्कुल दाेश्राे जित र ‘ ए ‘ अँकुरमले पहिलाे जित निकालेकाे छ । अर्किडले सनराइजलाई ६ र अँकुरमले लक्ष्मी मा.विलाई ८ विकेटले हराउदै साे टिम लिगमा माथि उक्लिएकाे हाे ।

भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सनराइज १७ ओभरमा ६३ रन जोड्दा अलआउट भयो । सनराइजका लागि कप्तान चन्दन महतोले मध्यक्रममा सर्वाधिक २२ रन बनाए । ओपनर सुजल पण्डितले ११ रन जोडे ।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा विश्वप्रकाश मावि र प्रभात मावि तथा अर्को खेलमा वाल्मिकी शिक्षा सदन र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछन् । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0