२०८० फागुन ७, साेमबार

काठमाडौं । नेपाली काङ्ग्रेसकाे महासमिति बैठककाे चालु दिनमै ४०२ जना महासमिति सदस्यले हिन्दु राष्ट्र पुनर्स्थापनाकाे पक्षमा हस्ताक्षर गरेका छन् ।

केन्द्रीय सदस्य शँकर भण्डारीकाे अगुवाइमा शुरुगरिएकाे हिन्दु राष्ट्र पुनर्स्थापना हुनुपर्ने भन्दै थालिएको हस्ताक्षर सँकलन अभियानमा सदस्यहरुले पक्षमा मत श्रृजना गर्न हस्ताक्षर अभियान चालेका हुन्। काङ्ग्रेस नेता शँकर भण्डारी ‘ सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका सँयाेजक समेत हुन् ।

बैठकमा भण्डारी सहित २२ जना केन्द्रीय नेताले महासमिति बैठकमै हिन्दु राष्ट्र पु्नस्थार्पनाकाे एजेन्डा बनाई छलफल हुनुपर्ने माग गरेका नेपाली काङ्ग्रेस श्राेतले जानकारी दिए । नेपाली काङ्ग्रेसको महासमिति बैठक गाेदावरीमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0