२०८० फागुन ८, मँगलबार

चितवन । चितवन मेडिकल कलेज ( सिएमसी) र भरतपुर महानगरपालिका वडा नम्बर १० बीच वडावासीलाई अस्पतालले छुटसेवा दिने सम्बन्धि सँझाैता भएकाे छ ।

सम्झौता अनुसार चितवन मेडिकल कलेजले भरतपुर – १० वासीहरुलाई उपचारमा ५० प्रतिशत छुट दिने छ भने अैाषधिमा समेत ७ प्रतिशत छुट सेवा दिने छ ।

 

२०८० फागुन १ गतेदेखि २०८४ साल चैत्र ३० गतेसम्म लागुहुने गरि गरिएको सम्झौतामा कलेजकाे तर्फबाट व्यवस्थापक पारस अधिकारी र भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन् ।

सेवा सुविधा पाउनका लागि भरतपुर महानगरपालिका वडा नम्बर १० को कार्यालय साइडमा दर्ता गर्नुपर्ने छ । दर्ता भएपछि वडाले वडाको परिचयपत्र उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । ओपिडि टिकट र आकस्मिक टिकटमा पनि छुट हुने बताइएको छ ।

वडा अध्यक्षको सिफारिसमा पनि १० प्रतिशत छुट दिने उल्लेख छ । यसैगरी सिटिइभिटी अन्तर्गतको रोयल क्यान्सर इन्स्टिच्युटको पढाइमा वडाकाका विद्यार्थीले नगरपालिकाको सिफारिसमा १० प्रतिशत छुट पाउनेछन् । यसैगरी वडाले वडा कार्यालयमा सर्वसाधारणले देख्ने गरी ‘मेडिकल पाट्नर चितवन मेडिकल कलेज’ लेखिएका बोर्ड राख्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0