२०८० माघ २६, शुक्रबार

चितवन। उद्घाटन खेलमै भानु मा.वि.लाई १४५ रनले हराउँदै नारायणी नमुना मा.वि.एक्सपर्ट भरतपुर मेयर्स कपकाे शुरुवाती विजयी भएकाे छ भने गँगारामले बालकुमारी मा.वि.लाई १० विकेटकाे फराकिलो अन्तरबाट जित निकालेकाे छ ।

भरतपुर १५ स्थित निर्मार्णाधिन गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रँगशालाकाे मैदानमा भएकाे पहिलाे खेलमै निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८५ रनकाे फराकिलो याेगफलबाट नारायणी नमुनाले भानु मा. वि. लाई पराजित गरेकाे हाे ।

नारायणीका लागि ओपनर आयुषले र मध्यकालमा राहुलले अर्धशतकीय इनिङ्स खेले ।५९ बल खेलेका राहुलले ७ चाैका र १ छक्का हान्दै नटआउट रहे। भानुका कुनैपनि व्याटरले दाेहाेराे अँकभने लिन सकेनन् । अर्काे खेलमा भने गँगारामले बिना कुनै क्षेति ४ ओभर भै ३७ रनकाे लक्ष पुरागरे ।

भरतपुर महानगरपालिकाको आयोजनामा संचालनमा भैरहेको प्रतियोगितामा १० सामुदायिक र १० संस्थागत गरी कुल २० विद्यालयको सहभागीता रहेको छ । २२ फागुनसम्म चल्ने प्रतियोगिता नकआउट कम राउण्ड रोबिन लिगका आधारमा खेलाइनेछ ।

राउण्ड रोबिन लिगका लागि छानिएका १० टोलीलाई २ समुहमा विभाजन गरी आफ्नै समुहमा लिग खेलाइनेछ । मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रतियोगितामा प्राविधिक सहयोग चितवन जिल्ला क्रिकेट संघले गरेको छ ।

नकआउट चरणको उद्घाटन समारोहमा भरतपुर महानगरपालिका खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठ, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत अर्जुन कुमार मडै र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गरे । उद्घाटन समारोहमा चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया, कोषाध्यक्ष अर्जुन केसी, सदस्य प्रशान्त पिया, भरतपुर महानगर खेलकुद समिति सदस्य दिप बहादुर पण्डितलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0