२०८० माघ २७, शनिबार

चितवन । मुलुककाे तेस्रो पर्यटकीय गन्तव्य रहेकाे साैराहामा भाेलि २८ गते देखि ‘ साैराहा फुड फेस्टिबल’ काे १८ अैाँ सँस्करण शुरु हुँदैछ ।

सफारी पर्यटनका हिसाबले विश्वभर परिचित साैराहा हात्ती सफारीमा प्रख्यात छ। प्रणय दिवसकाे अवसर पारेर शुरुहुन लागेकाे फुड फुस्टिबलकाे मुख्य आयाेजक क्षेत्रीय हाेटल सँघ चितवनले हात्ती तथा पर्यटन महाेत्सव र रेष्टुरेन्ट एण्ड बार एशासियसन नेपाल ( रेवान ) साैराहा चितवनले साँस्कृति फुड फेस्टिबलकाे आयाेजना गर्दै आईरहेकाे छ ।

साैराहा सफारीसँगसँगै आदिवासी समुदायको कला, सँस्कृति तथा खानाका परिकारबाट समेत व्यातिप्राप्त छ । पाँच दिनसम्म चल्ने फुड फेस्टिबलमा परम्परागत खाना , स्थानीय कला सँस्कृति तथा सँगितका माध्यमले आन्तरिक तथा वाह्य पर्यटकलाई भरपुर मनाेरन्जन उपलब्ध गराउने गरि तैयारी भैरहेकाे रेवान साैराहाका अध्यक्ष ध्रुव गिरश्रले जानकारी दिनुभयो ।

सौराहा आउने पर्यटकहरु हात्ती सफारीसंगै यहाँको परम्परागत आदिबासी समुदायको खाना, संगित र संस्कृतिसंग रमाउने गरेका छन् । यतिबेला सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सफारीको अलबा स्थानीय खाना र संस्कृतिसंग रमाउने बाताबरणको तयारीमा व्यवसायीहरु छन् । हात्ती सफारीसंगै पर्यटकहरु आदिबासी समुदायको खाना, संस्कृति र नेपालीमा चल्ने संगितहरु सुन्न मन पराउछन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले भने खाना, संगित र संस्कृति मार्फत सौराहामा पर्यटक भित्र्याउदै छौं ।

पाँच दिन सम्म चल्ने फुड फेस्टिबलमा पर्यटकका लागि परम्परागत खाना परिसरमै उपलब्ध गराइने छ । पर्यटकलाई खानाको स्वादसंगै गीतसंगितसंग रमाउने बाताबरण तयार गर्दै छौं उनले भने फेस्टिबल परिसरको अलवा सौराहाको मुख्य बजारहरुमा विभिन्न जातजातीका झाँकी प्रस्तुत गरिने छ ।

फेस्टिबल परिसरमा खाना तथा गीतसंगित चलिरहदा सौराहाको बजार क्षेत्रमा दैनिक रुपमा लोभलाग्दा झाँकीहरु प्रस्तुत हुनेछन् । सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा यसपटकको फेस्टिकलको मुख्य आर्कषण हो । फेस्टिबलको संस्कृति कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले जानकारी दिए ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0