२०८० माघ २६, शुक्रबार

चितवन । कालिका नगरपालिका वडा नं. ७ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

अशक्त र ज्येष्ठ नागरिकलाई बैंकमा घण्टौ लाईनमा बसेर सामाजिक सुरक्षा भत्ता बुझ्न कठिनाईबाट सहज बनाउँन लाभग्राहीको घर–घरमा पुगेर बैंकिङ प्रणाली मार्फत नै भत्ता वितरणकाे व्यवस्था गरिरहेको वडा अध्यक्ष कमलराज मोक्तानले जानकारी दिए ।

‘पदमपुरमा शाखा कार्यालय रहेको प्रभु बैंकसँगको समन्वयमा वडाका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणकाे व्यवस्था मिलाएका छाैँ ‘ वडा अध्यक्ष मोक्तानले भने । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त र ज्येष्ठ नागरिकलाई समस्या नहोस् भनेर घरदैलोमै पुगेर भत्ता वितरण गरिएकाे वडावासी भने खुशी देखिन्छन् ।

वडा भित्रका ज्येष्ठ नागरिक १ सय ५ जना र ७ जना अपाङ्ग भएकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाले जनाएको छ ।

घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अशक्त र ज्येष्ठ नागरिक खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0