२०८० माघ २२ साेमबार

प्रकाशवावु खनाल

रोटरी मिनी म्याराथन आर.सी. प्रतियोगिता आउदो फागुन १९ गते हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरको अयोजनामा रोटरी मिनी म्याराथन आर.सी. आयोजना हुने सोमबर पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।

कार्यक्रममा १५.५ कि.मी. को खुल्ला र ५ कि.मी. दुरीको महिला लक्षित म्याराथन गरि दुई बिधा हुनेछन् । खुल्ला तर्फ १५.५ कि.मी.को म्याराथन प्रतियोगितामा राष्टिय खेलाडीहरु ,नेपाली सेना, सशस्त्र प्रहरी बल , नेपालका राष्ट सेवक आम नेपाली दिदी बहिनी , दाजु भाइले यो विधामा प्रतिस्प्रधा गर्न सक्ने छन् । भने ५ कि.मी. म्याराथनमा महिला मात्र सहभागी हुन सक्ने छन् ।

भरतपुर महानगरपालिकाले आयोजना गरेका घुमौँ भरतपुर भन्ने नाराका साथ फागुन १८ बाट सुरु हुने भरतपुर भ्रमण वर्षलाई समेत सहयाेग गर्ने उदेश्य समेत यस अयोजनाको रहेको कार्यक्रम संयोजक विपिन पोख्रेलले जानकारी दिनुभयाे । दुबै विधामा गरी करिव ४०० जनाको सहभागिता रहने संयोजककाे अनुमान रहेकाे छ । राष्टिय प्रतिभाहरुको पहिचान एवम् प्रवर्द्धन गर्ने कार्यक्रमकाे उदेश्य रहेको सुरेन्द्र रेग्मीले बताउनु भयो ।

भरतपुर भ्रमण वर्षलाई लक्षित गरी १५.५ कि.मी.को खुला प्रतियोगिता नारायणी नदी किनार उद्योग बाणिज्य संघ चितवन नजिक बाट सुरु भई होटर स्टार चितवन प्रा.लि.मा समापन हुने छ । ५ कि.मी. को महिला लक्षित प्रतियोगिता भरतपुर महानगर पालिकाको जंगल सीमा बाट प्ररम्भ भै होटल स्टार चितवनमा समापन हुनेछ । प्रतियोगितामा सिमान्तकृत चेपाङ समुदायका धावकहरुलाई विशेष प्रोत्साहन गरिने संयोजक पोखरेलले जानकारी दिनुभयाे ।

खुल्ला १५.५ कि.मी.का. विजेताहरुलाई प्रमाणपत्र, चाँदीको मेडल तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख सहित प्रमाण पत्र तथा चाँदीको मेडल । दास्रोलाई रु . ५० हजारका साथमा प्रमाण पत्र तथा चाँदीको मेडल । तेस्रो हुनेलाई रु. २५ हजारका साथमा प्रमाण पत्र तथा चाँदीको मेडल । चौथो हुनेलाई नगद रु.१० हजारका साथमा प्रमाण पत्र । पाँचौ हुनेलाई रु.५ हजारका साथमा प्रमाण पत्र । छैठौँ देखि दशौँ सम्म हुनेलाई नगद रु. ३ हजार र प्रमाण पत्र । एवम् दौड पूरा गर्ने चेपाङ समुदायकालाई रु. २ हजार पुरस्कार दिने अयोजकले जनाएको छ ।

५ कि.मी महिला लक्षित प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुनलेलाई क्रमशः चाँदीको मेडल र प्रमाण पत्र सहित नगद रु.२० हजार , रु. १० हजार र रु.५ हजार प्रदान गरिने छ । चौथो तथा पाँचौ हुनेलाई क्रमशः प्रमाण पत्र सहित नगद रु.३ हजार र २५ सय प्रदान गरिने छ । छैठौँ देखि दशौ हुनेलाई २ हजार र प्रमाण पत्र एवम् दौड पूरा गर्ने चेपाङ महिलालाई रु.१ हजार पुरस्कार रहेको छ ।

प्रथम पुरस्कार रु.१लाख एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले उपलब्ध गराउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0