२०८१बैशाख २१, शुक्रबार
मई ३ अर्थात अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवश । याे वर्षका लागि तय गरिएको नारा ` लाेकतन्त्रका निम्ति सञ्चार : भ्रामक समाचारकाे समयमा पत्रकारिता र निर्वाचन ´।
सन् १९९३मा राष्ट्रसंघीय महासभाले युनेस्काेकाे सिफारिसमा मई ३ लाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसकाे रुपमा मनाउने निर्णय भएपस्चात आजकाे दिनलाई स्वतन्त्रता दिवसकाे रुपमा मनाउने चलन छ ।
जतिसुकै स्वतन्त्रताका कुरा गरेपनि पत्रकार स्वयं र पत्रकारिता कर्म कति स्वतन्त्र र निश्पक्ष छ भन्ने विषयले भने अहिले पनि उत्तिकै महत्त्व राख्दछ ।
सँसार पूरै स्वतन्त्रताकाे पक्षमा र राजनीति लाेकतन्त्रकाे पक्षमा उभिदा पनि पत्रकार र सञ्चार माध्यम भने प्रतिरक्षा कै अवस्थामा किन छ , याे सबैका लागि चुनाैतिकाे विषय हाे ।
प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तकाे पालना कति र कसकसले गर्न अस्वीकार गरिरहेका छन् र किन ? याे पनि अनुत्तरित प्रश्नको घेराभित्रै छ ।
प्रविधिकाे विकासका कारण सञ्चारका विधि र माध्यमका दायरा फराकिलो भएपनि तथ्यमा आधारित समाचारलाई भ्रमीत समाचारले किन लपेट्दैछ – मुख्य चुनाैती यहीँ छ । कतै मिडिया हाउससँगै हामी सञ्चारकर्मीहरु पनि याे या त्याे बहानामा स्वतन्त्रताकाे प्रतिकूल हुनेगरि त प्रस्तुत भैरहेका छैनाै ? अर्थात कतै विचार माथि विवेककाे माेलमाेलाईसँग तथ्यले काेल्टे फेरिने परिस्थितिमा त पुग्दैछैन – आजकाे पत्रकारिता ?
पत्रकार र पत्रकारिता सँकटमा छ भन्ने तथ्य त सँसारभर कैयौं सञ्चारकर्मीले ज्यान गुमाएका विवरण पुष्ट्याउँछ ।
पत्रकारिताकाे मुल धर्म र मर्म भनेकै नागरिककाे रक्षा र राज्य प्रतिकाे खबरदारी नै हाे । यसका लागि निश्पक्षताकाे सर्वाेच्चता कायमहुनु जरुरी छ ।
नेपाली भुमिमा बसेर तटस्थ पत्रकारिता गरिरहने हामी जस्ता कुनै न कुनै पार्टीका जनवर्गीय सँगठनका पत्रकार समुहमा दर्ज भएकाहरुमा अझ तथस्टथाकाे कसीमा कसरी नापीने र अव्वल ठहरिने भन्ने प्रमुख चुनाैति हाे ।
जुनसुकै सँगठन र विचार समुहमा दर्ज भएपनि सम्पादित सामाग्री भने तथ्यमा टेकेर सत्य र यथार्थबादी बन्ने प्रेरणाका लागि हामी सबैमा हार्दिक शुभकामना ।।