२०८० माघ २२ साेमबार

रत्ननगर चितवन। गुञ्जमान अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन पुनः सुचारु भएकाे छ ।

रत्ननगर १४ स्थित लालिगुरास टाेलमा रहेकाे गुञ्जमान सिँह अस्पतालले विगत लामाे समय देखि बीमा स्वास्थ्य सेवाबाट बिरामीहरुलाई सेवा दिइरहेकोमा केही समय राेकिएकाे सेवा पुनः  शुरु भएकाे अस्पताल प्रशासन प्रमुख माेहन खड्काले बताउनुभयो ।

अत्याधुनिक प्रयाेगशाला, एक्सरे, भिडियो एक्सरे फार्मेसीकाे साथमा विशेषज्ञ सेवा द्वारा उपचार तथा परामर्श सेवा उपलब्ध गराउदै आईरहेकाे गुञ्जमान अस्पतालले काेराेना कालमा प्रभावित बिरामीका लागि रत्ननगरकाे सेल्टर अस्पतालकाे रुपमा समेत महत्वपूर्ण भूमिका निभाएकाे अस्पतालका स्वस्थ्य प्रविधिक बुद्धि देवकोटा बताउनुहुन्छ ।

‘कुनै दिन जिल्ला बाहिरबाट समेत छाला सम्बन्धि राेगका लागि उपचार गराउन विरामी आएकाे स्मरण गराउँदै देवकाेटाले भने ‘ अब फेरि गुञ्जमान अस्पतालमा विरामीकाे चाप बढ्ने छ । ‘

गुञ्जमान अस्पताल मिसनकाे सहयाेगमा सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0