२०८० माघ १८, बिहीबार

नवलपुर। नेपाली काङ्ग्रेसका नेता डाक्टर शशांक काेइरालाले पुष्पकमल दाहालकाे नेतृत्वमा रहेकाे हालको सरकार असफल भएको बताएका छन् ।

स्वर्गीय नेत्रप्रसाद भूसालकाे स्मृतिमा नेपाल प्रेस यूनियनद्वारा स्थापित पुरस्कार घाेषणा कार्यक्रमकाे अवसरमा कावसाेतीमा आयाेजित सभामा डा. काेइरालाले साे धारणा राखेका हुन् । दृष्टिकोण र आर्थिक पक्ष दुवैमम प्रचण्ड सरकार असफल भएकाे भन्दै डा. काेइरालाले भने सञ्चारकर्मीसँग भने ‘ अब सहमति अनुरुप माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ।’

सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने र चुनावकाे समयकाे भने शेरबहादुर देउवाकाे सरकारले सञ्चालन गर्ने डा.काेइरालाले बताए । नेपाली काङ्ग्रेसको फागुन पहिलाे साता काठमाडौंमा हुने महासमितिकाे भेलामा हिन्दु राष्ट्र र सँघीयताका विषयमा कुराउठ्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0