२०८१ बैशाख १६, आइतबार

भरतपुर, चितवन। भरतपुर महानगर प्रमुख रेणु दाहाल सहितकाे नारायणी तटबन्धको कार्य प्रगतिको अनुगमन गरेकाे छ ।

पहिलाे चरणकाे २० किलाेमिटर मध्य ८ किलोमिटर अर्थात करिव ४१ प्रतिशत काम सम्पन्न भैसकेकाे र बाँकी काम धमाधम भैरहेको जनाइएको छ। तटबन्धका लागि ठुला- ठुला ढुङ्गा झान्ने काम भैरहेकाे छ भने गाेलाघाट क्षेत्रमा तटबन्धन ( ड्याम ) निर्माण कार्य सञ्चालन भैरहेकाे जनाएको छ ।

अनुगमन पश्चात् सञ्चारकर्मीसँग सँक्षिप्त प्रतिकृया दिदै मेयर दाहालले काम प्रगति सन्ताेषजनक रहेकाे पाइएको बताईन् ।

तटबन्धको कार्यले निरन्ता दिँदै गएपछि भरतपुरका लागि ठूलो उपलब्धि हुने उनको भनाइ छ । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलब ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तिको लागि मुआब्जाको प्रावधान नरहेको कारण निःशुल्क जग्गा प्राप्तिमा बाधा हुने गरेको प्रमुख साहले बताए ।

गुरुयोजना अनुसार बजेट बिनीयोजन नहुँदा लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नसकेको उनले उल्लेख गरे । तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर एक अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । दोस्रो प्याकेज ५ किलोमिटरकै गाँजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ ।

करिब चार हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब एक लाख जनता लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0