२०८० माघ १९,शुक्रबार काठमाडौं । नेकपा एमालेकाे काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा भाेली माघ २० गते काठमाडौं काे टुँडिखेलमा ‘ युवा महाेत्सव ‘ हुने भएकाे छ ।

‘ सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति ‘ भन्ने भावना जगाउने उद्देश्यले साे कार्यक्रमकाे आयोजना हुनलागेकाे नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निराैलाले जानकारी दिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरुपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ ।

उक्त महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिइयो । एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ प्रमुख आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताए ।

एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बिच पार्टीलाई निरन्तर परिचालन गरिने जनाए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा  हुने महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0