रक्षा खनाल

कसरी मनाइन्छ त सोनाम लोसार ?
जिविका अार्जन गर्नका निम्ति छरिएर बसेका तामाङहरु यस दिन हर्सोउल्लासका साथ सबैेजना भेला भई मनाउने गरिएको पाईन्छ। खुसीका साथ रमाउदै पुरानो बर्षलाई विदा गर्दै नयाँ बर्षको स्वागतका लागि सबै अाफ्नो परिवारहरु , ईष्ट मित्र , साथीभाईसँग मिलेर रातभर रमाइलो गर्दै १२ बजे राति सम्म बसेर नयाँ बर्षको स्वागत गर्ने परम्परा रहेको छ। यस दिन धार्मिक कार्य , घरका छानाहरु , स्तुपा, मठमन्दिर रंगाएर झण्डाहरुले झ्यालहरु सजाउने गरिन्छ। साथै घर सफा सुन्दर बनाउदै सजाईन्छ। त्यसै गरि नयाँ लुगा लगाएर सुन्दर भएर रौनंक , खुसीका साथ अाफन्तजन संगै बसेर खाने चलन पनि रहेको छ ।
सोनाम ल्होसार विशेष भोजन सामान्यतया कम्तीमा पाँच दिनदेखि बढिमा पन्ध्रदिनसम्म मनाइने सोनाम ल्होसारमा , ल्होसारको अघिल्लो दिननै सबैजना मिलेर विभिन्न प्रकारका खानेकुराका व्यञ्ञनहरु बनाईन्छ। लोसारको दिनमा खाइने विशेष खाजाको तयारी खाप्से (तातो तेलमा पकाउने एक प्रकारको रोटी), त्यसै गरि एक विशेष प्रकारको सुप `गुथ्थुक´ बनाउने गरिन्छ जसलाई मो: मो वा सी मोःमो संग खाने गरिन्छ। यो सुप चामल , सख्खर खण्ड , याक चीज , घिउ , गहुँ , मासु, मरिच, मुला,गांजर,हरियो खुर्सानी अादि मिलाएर बनाईन्छ। विभिन्न मिठाईहरु सहित बँदेल , सुँगुर , हाँस,कुखुरा, खाप्सेसाथै साँझ घरमा बनाएको मदिरा समेत सबैजनासंगै बसेर खाने गरिन्छ। दिउसो भोज, रातभरि सबैजना रमाउदै झुम्दै ठिक १२ बजे नयाँ बर्षको शुभकामना दिंदै तामाङ समुदायमा परम्परागत अभिवादन “ताशी घेले” अादनप्रदान गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0