२०८१ बैशाख १५, शनिबार

नेकपा एमालेकाे आसन्न ११ अ‌ैाँ जिल्ला अधिवेशनकाे तैयारीका लागि गठित उपसमितिका सँयाेजकहरुकाे बैठक सम्पन्न भएकाे छ । बैठकले जिम्मेवारीमा रहेका सबै उपसमितिलाई कामगर्न सहज हुनेगरि विभिन्न निर्णय भएकाे बताउँदै जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने भने `कार्य याेजना बनाउनुका साथै राजनैतिक प्रतिवेदनलाई पूर्णता दिने विषयमा निर्णय भयाे ।´

बैठककाे निर्देश अनुसार पाँच दिनभित्र सबै उपसमितिकाे बैठक बस्नेछन् भने अधिवेशनमा सहभागी हुने प्रतिनिधिकाे हकमा भने अब बस्ने जिल्ला पार्टीको पदाधिकारी बैठकले निर्णय गरिने अध्यक्ष न्याैपानेले जानकारी दिए ।

अधिवेशन सम्पन्नता गर्नका लागिअध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति,कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, रामबाबु सुवेदीको संयोजकत्वमा नारा लोगो डिजाइन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।

यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0