२०८१ बैशाख १७, साेमबार

भरतपुर, चितवन । बीमा बाेर्ड चितवनले विमित र दर्ता सहयाेगीलाई ज्यादती गरेकाे भन्दै स्वास्थ विमा उपभोक्ता अधिकार मञ्चले आफ्ना मागहरुका विषयमा पत्रकार सम्मेलनकाे मार्फत जानकारी गराएकाे छ ।

स्वस्थ बीमा बाेर्डकाे भरतपुर- १२ जिल्ला कार्यलय परिसरमा १७ गते पत्रकारसँग बीमित र दर्ता सहयागीले भाेगेका पीडाका बारेमा जानकारी गराईएकाे हाे ।

स्वास्थ बीमा बाेर्ड चितवनमा दर्ता अधिकारी र दर्ता सहयाेगी बीचकाे विवादका कारण खैरहनी ४ लगाएतका नागरिकहरुले जेष्ठ महिनाबाट स्वास्थ बीमा सेवा पाउनुपर्नेमा भाद्रबाट मात्रै साईकल शुरु हुन्छ भनेपछि बीमा गरेका नागरिक मर्कामा परेकाे अधिकार मञ्चका अध्यक्ष बिष्णुहरि थापा बताउँछन् ।

उनका अनुसार चितवनका दर्ता अधिकारीले आफ्नाे जिम्मेवारी समयमा पूरा नगरि दर्ता सहयोगी र बिमितलाई दु: ख दिने गरेका छन् । कामकाे सिलसिला समेत दर्ता सहयोगी र बिमितलाई सहयाेग गर्नुकाे सट्टा भरतपुर १२ स्थित चितवनकाे कार्यलयले मानसिक यातना दिन गरेकाे अधिकार मञ्चकाे आराेप छ ।

मञ्चले आफुहरुले चार बुँदे माग राखेकाे र साे उपर सुनुवाइ नभएमा उत्पन्न हुने परिस्थिति प्रति सचेत गराउँदै सँघर्षका कार्यक्रम अघि सारिने बताए छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0