२०८० माघ १८, बिहीबार

चितवन । चित्रसारी मैदान रत्ननगरमा दक्षिण एसियाली चलचित्र महाेत्सव शुरु भएकाे छ ।

क्याराभान नेपालकाे आयाेजनामा आजबाट शुरभएकाे साे महाेत्सवकाे रत्ननगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् ।

सास्कृतिक प्रस्तुतिसँगै उद्घाटन गरिएको सभामा जनगाएक जीवन शर्मा , वरिष्ठ चलचित्र कर्मी नीर शाह , वरिष्ट सिनेकर्मी शिव श्रेष्ठ,सिनेक्षेत्रका वाैद्धिक व्यक्तित्व सिने निर्देशक तथा साहित्यकार प्रकाश सायमी सहित वरिष्ठ सिनेकलाकार ,निर्माता तथा विभिन्न पार्टि प्रतिनिधि तथा जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

महाेत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ भने विभिन्न सिनेकर्मी तथा स्थानीय कलाकारहरु द्वारा कला प्रस्तुति रहने छ । कार्यक्रममा विभिन्न प्रकारका चलचित्र प्रतिस्पर्धाका लागि पेश भएकाे र विभिन्न विधामा अवार्ड समेत गरिने उद्घाटन सभाका सभापति तथा क्याराभान नेपालका अध्यक्ष विमल पाैडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0