२०८० माघ १८, बिहिवार

प्रकाशवावु खनाल

कालिका । जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पहिलो स्किम पाइपलाइन परीक्षण बिहिवार शुभारम्भ भएको छ । हाल यस क्षेत्रका जनताहरुले बोरिङबाट सिधैँ पाइपमा पठाइएको पानी प्रयोग गर्दैआएका छन् ।आयोजना सम्पन्न भए पछि भने प्रशोधन भएको खाने पानी उपभोग गर्न पाउने छन् ।

निर्मााण कम्पनीका इन्जिनियर नरेशवावु ढकाल उपभोक्ताका समितिका तर्फवाट इन्जिनियर होमनाथ घिमिरे , उपभोक्ता संस्थाका अध्यक्ष होम बहादुर गुरुङ, उपभोक्ताहरु, समितिका पदाधिकारीहरु लगायतको उपस्थितिमा विहिवार अध्यक्ष गुरुङले भल्प खोली पाइपमा पानी पठाएका हुन् ।

उपभोक्ताका धाराहरुमा आज नयाँ आयोजनाको पानी आएको छ । पहिलो पटक ट्यङ्की वासिङ तथा केमिकल प्रयोग भएकाले आजको पानी प्रयोग नगर्न समितिले यस अघि नै उपभोक्ताहरुलाई सूचना जारी गरेको थियो । २०७८ जेष्ठ २२ बाट आयोजना सुरु भएको हाे।

संघीय खानेपानी तथा ढल व्यवस्थापन भरतपुर सग नागार्जुन निर जे. भी. सँग सम्झौता भई काम सुरु भएको थियो ।आयोजनाको कुल लागत १९ करोड७ लाख २५ हजार रहेको छ। जस्मा ७० प्रतिशत सरकारको र ३० प्रतिशत रकम उपभोक्ताको रहने गरी अयोजना सुरु भएको हो ।

सम्झौता अनुसार चार ओटा डिप बोरिड., दुई ओटा पानी प्रशोधन प्रणाली, दुई ओटा ओभरहेड पानी ट््रयाकी ,विद्युतीकरण, दुई ओटा कार्यलय भवन तथा १५ ओटा फायर हाइटेण्ड ,पाइप लाइन लगायतका निर्माण हुने छन् । निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भैसकेको निर्माण कम्पनीका इन्जिनियर नरेशवावु ले ढकालले जानकारी दिनु भयो । देखिएका लिकेजहरुलाई समयमा नै मर्मत गर्नका लागि ओभरहेड ट्याकीमा तथा पाइपहरुमा पानी छोडिएको उपभोक्ताका तर्फका इन्जिनियर होमनाथ घिमिरेले बताउनु भयो ।

यस आयोजना सम्पन्न भै सके पछि यस क्षेत्रका ४ हजार ४ सय १२ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । जस मध्ये कालीका नगर पालिकाका वडा न.ं १, वडा न.ं ६, वडा न.ं ७ र वडा न.ं २ र ८ का केही क्षेत्र रहने छन् । उपभोक्ता समितिका अध्यक्ष होम बहादुर गुरुङले आगामी बैशाख बाट उपभोक्ताहरुलाई शुद्धपानी वितरण गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0