कृष्ण खनाल,चितवन

इलाम-२ मा शनिबार सम्पन्न उप- निर्वाचनका प्रतिस्पर्धी मध्य १६ जनाले आफ्नाे जमानत समेत जाेगाउन सकेनन् ।

जमान जाेगाउन कम्तिमा पनि ६ हजार ४ सय मत ल्याउनुपर्ने हुन्छ किनभने ६८ हजार ४७२ जना इलाम- २ का नागरिकले याे उपनिर्वाचनमा मतदान गरेका छन् ।

माैजुदा व्यवस्थाकाे थ्रेसहाेल्ड कायम गर्न नसकेका १६ जनाकोले जमानत जाेगाउनै नसक्नेगरि हारखाए । जमानत जाेगाउन नसक्नु उम्मेदवारकाे मात्रै कारण नभएर उसलाई पहिचान दिने दल वा समूह समेतकाे कारणले गर्दा भएकाे हाे ।

जमानतै नजाेगिएकाहरुमा एकीकृत समाजवादी देखि राप्रपा ,जनमत पार्टी ,नेमकिपा,लगाएत स्वतन्त्र उम्मेदवार रहेका छन् । यसाे त ठुलै तामझाम बाेकेर मैदान छिरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै पाएपछि उनकाे समेत जमानत नफर्किने भएकाे छ ।

उम्मेदवार बन्ने बनाउने भन्दापनि आफू १०० मत पाउन लाएक छु कि छैन भन्ने पनि हेक्का नभएपछि राजनीतिक गफ गर्ने र कसैकाे पछि दगुर्ने बहुदलकाे हुर्मतिलाे बाटाे बाहेक केही रँहदैन ।

१०० भाेटै नकमाएकाहरुमा स्वतन्त्र उम्मेदवार याेगेन्द्र गुुरुङ छन् जसकाे ४ मतकाे धनी सावित भएका छन् । यसैगरि मनाेज निराैला – १२ मत, ढाक प्रसाद गाैतम – १४ मत ,दिपक बाेहाेरा- २१ मत , राज बस्याल- ३८ मत ,अर्जुन शाही – ५५ मत पाएका उम्मेदवार हुन् । पार्टीकाे नाम जाेडिएर उठेका राष्ट्रिय मुक्ति अान्दोलनका जयवन्त विक्रम शाहले आफू सहित ४३ जनाकाे मात्रै मत पाएका छन् ।

आफ्ना प्रतिस्पर्धीलाई ठुलै मतान्तरमा पछिपार्दै बिजयी सुहाङले भने आफ्नाे बुबाकाे शाखकाे निरन्तरता मात्रै कायम गरेनन् नेकपा एमालेकाे बढ्दाे शाखलाई समेत लिपिवद्ध गराउन सफल भएका छन् । देश र दुनियाँले आशा , भराेशा र विश्वास गरेका राष्ट्रिय नेता सुवास नेम्वाङका छाेरा साेहान नेम्वाङ एमाले राष्ट्रिय राजनीतिकाे यात्रा तयगर्दै राजनीतिकाे बाटाेबाट अघिबढ्ने ढाेका उघारेका छन् ।

सुवाङकाे सफल राजनैतिक जिन्दगीको हार्दिक शुभकामना ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0