२०८० माघ ७ आइतबार

चितवन। मेला महाेत्सवमा खेलाइने खेल वा प्रदर्शन मध्यकाे सबैभन्दा खतरनाक प्रदर्शन काे रुपमा ‘ माैतकाे कुवा ‘ अर्थात् काठले बारेकाे कुवा भित्र कार र माेटरबाइक हुईँक्याउने प्रदर्शन । यहि ‘माैतकाे कुवा ‘ मा कार हुँईकाउन व्यस्त छन् चितवनका ४० वर्षे सुरेश । विकाश चाेक नजिकै घर भएका उनी जनकपुर तिरबाट सरी आएका हुन् भने उनकाे ससुराली समेत जनकपुरै छ।सानै उमेरमा भारत पसेका सुरेश, साथीहरुकै सँगतका कारण आफू दिल्ली बम्बई हुँदै कैयौं भारतका सहर र गाउँ हुँदै नेपालका कैयौं स्थानमा आयाेजना हुनेमेला महाेत्सवमा’ माैतकाे कुवा’ मा गाडी र माेटर साईकल चलाईसकेकाे बताउँछन् ।

उद्योग बाणिज्य सँघ रत्ननगर चितवनकाे मुख्य आयाेजनामा यहि पुस २६ गते देखि शुरु भएकाे ‘रत्ननगर महाेत्सव- २०८०’ मा माैत अर्थात ‘ मृत्युको कुवा’ मा कार ड्राइभिङ गर्ने कार्यमा व्यस्त उनै सुरेश र श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनाल बिचकाे कुराकानीकाे सम्पादित अँशः

* धेरै खतरा प्रस्तुति देखाउनुभयाे , तपाईंको नाम चाईँ के हाे ? अनि घर नि ?

# सुरेश- मेराे नाम सुरेश हाे । पुरानो घर जनकपुर । अहिले भरतपुर क्यान्सर अस्पताल भन्दा अलि पर विकासचाेक ।

* कति वर्ष देखि याे काम गर्दै आउनुभएको , अनि कसरी यस्ताे जाेखिमयुक्त पेशामा लाग्नुभयाे अलिकति बताईदिनुस् न। # सुरेश – कुरा दु: खका छन् । सानैमा पढाइ छाेडेर भारत गएकाे । साथीहरूले यस्तै कामगर्ने , अनि सर्कस देखाउने मान्छेसँग भेट गराए । सानै थिए । उनीहरुसँग हिड्दा हिड्दै सिकियाे । पहिला यस्ताे काम जाेखिमपूर्ण हाे भन्ने नै थाहा भएन । अब त २०- २५ बर्ष भैसक्याे काम गरेकाे, जाेखिम हाे जस्तै लाग्दैन ।

* यस्ताे जाेखिम माेलेर गर्नुपर्ने काम । दुई- दुई वटा माेटरवाईककाे बिचमा यस्ताे काठकाे खाल्टाेमा कार त्याे पनि यत्राेधेरै बेस्सरी कुदाउनुपर्ने , डरचाईँ खुबैहुन्छ हाेला है?

# सुरेश- डर नै के हाे भन्ने थाहै नपाउँदै बच्चैमा काम सिकियाे।अहिले त राेडमा गाडी कुदाए जस्तै बानी परिसक्याे । हाम्राे त यस्तै डिउटी नै छ । अनि बेस्सरी कुदाएकै भएर भित्तामा कुदाउन सकिएकाे हाे । हामीहरु सबै टिमले व्यालेन्स मिलाएर कुवा भित्र गाडी हाँक्छाैँ ।

* अनि तलव सुविधा नी , बिमा हुन्छ कि हुँदैन तपाईंहरुकाे ?

# सुरेश- विमा पनि गरिदिएका छन् । साहु इण्डियन नै हाे । खान बस्न जहाँ पुग्याे त्यहीँ हाे ।सबै उसैकाे खर्च । तलव ५० हजार जति दिन्छ महिनाकाे ।

* अनि कहाँकहाँ का साथी छन् नी , अरु नेपाली पनि छन् त ? #सुरेश- छन् । ६-७ जना छाैँ । उ त्याे मेाटे साथी गाेरखा धारापानीकाे हाे । त्याे टिकट च्यात्ने भाईहरु पनि नेपाली हुन् । त्याे टिकट च्यात्नेलाई पनि १२- १५ हजार दिन्छ कि क्या हाे ।

* यस्ताे रिक्सकाे काम । जहिले पनि जे हुन सक्ने । अझै कति दिनसम्म यस्ताे खतरा पेशा गर्ने रहर छ , सुरेशजी ?

#सुरेश – हेर्नुस् सर , मर्न त राम्रै बाटाेमा हिड्दापनि मर्न सक्छ । हामीलाई यहि बानी पर्याे । गरिन्छ हाेला अझै धेरै दिन ।

सुरेशकाे प्रस्तुतिमा उनीमा काम प्रतिकाे विश्वास , भराेशाका साथै इमानदारीपूर्वक प्रस्तुत हुन चाहन्छन् भने काम हाे सिकेपछि जाेखिम कमगर्ने ज्ञानपनि आफै आउने समेत बताउँछन् । उनले भरतपुरमा दुई छाेराछाेरी श्रीमती समेत रहेकाे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0