२०८० पुस २६, बिहीबार

रत्ननगर चितवन । अघि अघि चिटिक्क सिँगारिएका दुईबाट हात्तीका बराबरी लस्किएका कद । सिगारिएका कलस सहितका कन्याहरु अघि लगाउदै व्यानरका कुनाकानी हुनेगरी राष्ट्रिय पाेशाकमा सजिएका रत्ननगर उद्योग वाणिज्य सँघका पदाधिकारी । विभिन्न जातजातीय कला सँस्कृति , भेषभूषा तथा आस्था र विश्वास झल्कने पहिरन सहितकाे पहिचान झल्काउदै लामबद्ध जनसमुदाय सहितको शाेभा यात्रा । रत्ननगर महाेत्सवकाे उद्घाटनकाे पूर्वसन्ध्यामा नेपाल मा वि काे चाैरबाट निस्कि टाँडी बजार हुँदै महाेत्सव परिसर टिकाैलीसम्म  शाेभा यात्रा । रत्ननगर महाेत्सवकाे विशाल जनसहभागिता सहितको शुभायात्रा प्रदर्शनी मैदानमा प्रवेशसँगै शुरुभएकाे छ ।

महाेत्सवकाे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले महाेत्सवकाे सफलताको शुभकामना दिदै रत्ननगर महाेत्सव देशकै महत्त्वपूर्ण मध्यकाे भएकाेले महाेत्सवका कारण आर्थिक क्षेत्र चलएमान हुनुका साथै व्यवसायीक गतिविधिमा सकरात्मक प्रभाव पार्ने समेत बताए । ४ सय ५० स्टल रहेकाे महाेत्सवमा यसपालिकाे मुख्य आकर्षक भने कृषितर्फ मकै खेती र मकैका परिकार रहेका छन् भने केरा तथा व्यवसायीक माछा पालन प्रवर्द्धन सम्बन्धि परिसर रहेका छन् । महाेत्सव अवलोकन तथा किनमेलका लागि आउने पाहुनालाई स्वागत गर्नका लागि गेटमै राखिएको गैडा समेत महाेत्सवकाे आकर्षक रहेकाे छ ।

” महाेत्सवले समग्र चितवनकाे पहिचान झल्काउनुका साथै स्थानीय कला सँस्कृतिकाे सँरक्षण र विकासमा टेवा पुर्याउनुका साथै व्यवसायीक प्रवर्द्धन र आर्थिक विकासमा समेत याेगदान पुर्याउने हामीले विश्वास लिएका छाै ” मूल आयाेजक रहेकाे उद्योग वाणिज्य सँघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष निराजन खनाल बताउँछन् ।

” महाेत्सवले व्यापार प्रवर्द्धन र प्रदर्शनीकाे जत्तिकाे प्रवर्द्धनमा महत्त्व राख्ने छ त्यतिकै स्थानीय कता सँस्कृति र सभ्यताकाे सँरक्षणमा टेवा पुर्याउने छ ” – सँघका  कार्य समिति सदस्य प्रकाशमणि सापकोटा बताउँछन् ।

माघ ८ गतेसम्म चल्ने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीनलाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0